साँग्रिला डेभलपमेन्टद्वारा ९ प्रतिशत लाभांश पारित

काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैङ्कले आफ्नो १४औं वार्षिक साधारण सभाबाट लगानीकर्तालाई ९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । पुस ३० गते सम्पन्न भएको कम्पनीको वार्षिक साधारण सभाबाट सञ्चालक समितिको प्रस्ताव पारित भएको हो ।

हाल २ अर्ब ५० करोड ६३ लाख ८५ हजार रुपैयाँ चुक्ता पूँजी भएको यस विकास बैङ्कको बोनस सेयरपछि चुक्ता पूँजी २ अर्व ६० करोड ६६ लाख ४० हजार ४ सय रुपैयाँ पुग्नेछ ।

हाल बैंकले देशभर सातवटै प्रदेशमा गरि ७७ वटा शाखा सञ्जाल तथा काठमाडौं उपत्यकामा थप पाँचवटा शाखाहरु स्थापना गर्दै छ । हालसम्म कम्पनीले करिब २ लाख ६० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा दिईरहेको छ ।