कम्पनीलाई गत साता नेप्सेले लाभांश दर राष्ट्र बैङ्कले अस्वीकृत गर्नुको कारण माग गरेको थियो । कम्पनीले मङ्गलबार नेप्सेलाई आधार उपलब्ध गराएको हो ।
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई तथ्यगत आधार उपलब्ध गराएको छ । कम्पनीलाई गत साता नेप्सेले लाभांश दर राष्ट्र बैङ्कले अस्वीकृत गर्नुको कारण माग गरेको थियो । कम्पनीले मङ्गलबार नेप्सेलाई आधार उपलब्ध गराएको हो ।
छिमेक लघुवित्तले लगानीकर्तालाई दिने प्रस्ताव गरेको २२ प्रतिशत नगद र १८ प्रतिशत बोनस लाभांश राष्ट्र बैङ्कले अस्वीकृत गरेको थियो । यससँगै लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डमा गई कम्पनीविरुद्ध उजुरी गरेपछि नेप्सेले सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएको थियो ।