सम्झौतापत्रमा इक्यानका अध्यक्ष विष्णुहरि पाण्डे र ग्लोबल आईएमईका नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले हस्ताक्षर गरेका हुन् । इक्यान नेपालको सबैभन्दा ठूलो गुणस्तरीय वैदेशिक शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरुको छाता सङ्गठन हो ।
काठमाडौं । ग्लोबल आईएमई बैङ्क नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को आधिकारिक बैङ्क बनेको छ । इक्यान र ग्लोबल आईएमईबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा इक्यानका अध्यक्ष विष्णुहरि पाण्डे र ग्लोबल आईएमईका नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले हस्ताक्षर गरेका हुन् । इक्यान नेपालको सबैभन्दा ठूलो गुणस्तरीय वैदेशिक शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरुको छाता सङ्गठन हो ।
सम्झौताअनुसार ग्लोबल आइएमईले नेपाल शैक्षिक परामर्श सङ्घसँग आबद्ध कन्सल्टेन्सीको सिफारिसमा विदेशमा उच्चशिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई सरल र सुलभ तरिकाले बढीमा ३ कार्य दिनभित्र बैङ्कले शैक्षिक कर्जासम्बन्धी निर्णय गर्नेछ ।
ग्लोबल आईएमई बैङ्कले हाल देशभर १ सय ३३ शाखा, १ सय ४२ एटिएम, ७ एक्सटेन्सन काउन्टर, १५ राजस्व सङ्कलन काउन्टर र १ सय १७ शाखारहित बैङ्किङ सेवाबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।