काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले सनराइज बैङ्कको सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
दुगड गत पुस २९ मा भएको बैङ्कको साधारण सभाबाट पुनः सञ्चालकमा निर्वाचित भई सर्वसम्मतबाट अध्यक्ष चुनिएका बैङ्कले जनाएको छ । शपथ ग्रहण समारोहमा राष्ट्र बैङ्क पदाधिकारी तथा सनराइज बैङ्कका नवनिर्वाचित सञ्चालक र पदाधिकारी उपस्थित थिए ।