दोस्रो त्रैमासमा एनआईसी एसियाको नाफा १६४ प्रतिशत बढ्यो, बेस रेट साढे ९ प्रतिशत कायम

काठमाडौं । एनआईसी एसिया बङ्कले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ सय ६४ प्रतिशतले नाफा बढाएको छ । बैङ्कले ६ महिनाको अवधिमा एक अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको हो । कम्पनीले गत वर्षको सोही अवधिमा ५७ करोड रुपैयाँ नाफा थियो ।

यस अवधिमा बैङ्कले ४६ प्रतिशतले निक्षेप संकलन बढाएको छ । यस्तै कर्जा लगानी ४८ प्रतिशतले बढाएको छ । पुस मसान्तसम्ममा एक खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ४९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको हो ।

खुद ब्याज आम्दानी १ सय ३३ प्रतिशतले बढाएको बैङ्कको ब्याज आम्दानी ७४ प्रतिशतले बढेको छ । त्यसैगरी ब्याज खर्च ५१ प्रतिशतले बढेको छ भने खुद ब्याज आम्दानी तीन अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको छ । प्रतिशेयर आम्दानी एक वर्षको अवधिमा १४ रुपैयाँबाट ३४ रुपैयाँ पुगेको छ ।

बेसरेट गत वर्ष भन्दा केही घटेर ९.३३ प्रतिशत कायम भएकाे छ ।