काठमाडौः कालिका कन्ट्रक्सनका सञ्चालक एवम् पूर्ववनमन्त्री विक्रम पाण्डे ४ करोड धरौटी बुझाएर रिहा भएका छन् । विषेश अदालतमा उपस्थित भएका पाण्डेले ग्लोबल आइएमई बैङ्कको ग्यारेन्टी राखेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा मङ्सिर २१ गते भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । पाण्डेलाई रिहा गर्न विशेष अदातलले धरौटी मागेपछि ग्लोबल बैङ्कले जमानत दिएको हो ।
विशेष अदालतका न्यायाधीशहरू द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलाशले पाण्डेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो । पूर्वमन्त्री पाण्डेसँग २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रुपैया भ्रष्टाचार गरेको भन्दै अख्तियारले बिगो दाबी मागेको छ ।
अख्तियारले सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै आयोजना प्रमुखसहित अन्य विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।