काठमाडाैं । एनआईसी एसिया बैङ्कले माघ १३ गतेदेखि चौथो पटक ऋणपत्र निष्कासन गर्ने भएको छ । बैङ्कले ४ अर्ब रुपैयाँको ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट पुस ३० गते अनुमति पाएको थियो ।
बैङ्कले विहीबार आह्वान पत्र जारि गर्दै ऋणपत्र माघ १३ देखि खुलाउने जनाएको हो । प्रतिकित्ता १ हजार रुपैयाँ अङ्कित ४० लाख कित्ता ऋणपत्र बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट बैङ्किङ रहेको छ ।
कम्पनीको ४० लाख कित्तामध्ये १६ लाख कित्ता सर्वसाधारणलाई बिक्री खुल्ने छ । त्यसबाहेकको २४ लाख कित्ता अर्थात २ अर्ब ४० करोड रुपैयाँको ऋणपत्र अन्य तवरबाट बिक्री गरिने छ ।
सर्वसाधारणमा निष्काशन हुने ऋण्पत्रमध्ये ८० हजार कित्ता सामूहिक लगानी कोषका इकाईलाई छुट्टाइएको छ । १५ लाख २० हजार कित्ता सर्वसाधारणलाई बिक्री हुनेछ ।
उक्त ऋणपत्रमा सर्वसाधारण लगानीकर्ताले न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि अधिकतम २० लाख कित्ता अर्थात दुई अर्ब रुपैयाँसम्मको आवेदन दिने व्यवस्था छ ।