दुई सय सत्तरी घर पुनःनिर्माण सम्पन्न

जिल्लामा भूकम्पबाट पूर्ण क्षति भएका पाँच हजार १६७ घरमध्ये हालसम्म २७० जनाले तेस्रो किस्ताको रकम बुझेको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालय भोजपुरले जानकारी दिइएको छ ।

भोजपुर । जिल्लामा हालसम्म २७० घरको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा अहिलेसम्म २७० मात्र घरको पुनःनिर्माण सम्पन्न भएको हो ।

जिल्लामा भूकम्पबाट पूर्ण क्षति भएका पाँच हजार १६७ घरमध्ये हालसम्म २७० जनाले तेस्रो किस्ताको रकम बुझेको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालय भोजपुरले जानकारी दिइएको छ ।

दुई हजार ५३६ ले दोस्रो किस्ताको बुझिसकेका छन् भने पाँच हजार ७१ ले पहिलो किस्ता बुझेका कार्यालयका नायव सुब्बा हकिृष्ण दाहालले जानकारी दिए । पुनःनिर्माणअन्तर्गत पहिलो किस्ता लिएर पारिवारिक समस्याको कारण देखाउँदै एक जनाले भने रकम फिर्ता गरेको कार्यालयले जनाएको छ ।

चार सय ५३ प्रवलीकरण सङ्ख्या रहेकामा हालसम्म १८४ को सम्झौता भएको र उनीहरुले निकासा लिएको कार्यालयले जनाएको छ । रासस