चोभारमा बन्ने भयो सुक्खा बन्दरगाह, प्रधानमन्त्री ओलीले गरे शिलान्यास

चोभारमा बन्दरगाह तयार भएपछि भारतका विभिन्न नाका र चीनबाट काठमाडौं आउने सामान सीधै चोभारमा आउनेछन् । विश्व बैङ्कको १ अर्ब २८ करोड रुपैयाँ सहयोगमा चोभारमा अत्याधुनिक बन्दरगाह निर्माण हुनेछ ।

काठमाडौं : काठमाडौंनजिकै रहेको चोभारमा सुक्खा बन्दरगाह बन्ने भएको छ । स्थानीयवासीको सहमतिविपरीत सरकारले बन्दरगाह बनाउन लागेको भन्दै चर्को विरोध भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।

चोभारमा बन्दरगाह तयार भएपछि भारतका विभिन्न नाका र चीनबाट काठमाडौं आउने सामान सीधै चोभारमा आउनेछन् । विश्व बैङ्कको १ अर्ब २८ करोड रुपैयाँ सहयोगमा चोभारमा अत्याधुनिक बन्दरगाह निर्माण हुनेछ ।

आशिष÷साक्षी ज्वाइन्ट भेन्चरले निर्माणको जिम्मेवारी पाएका छन । आशिष कन्स्ट्रक्सन नेपाली र साक्षी चिनियाँ कम्पनी हो । बन्दरगाह १८ महिनाभित्र तयार हुनेछ ।