‘राष्ट्रिय समृद्धिका साझेदार’ नारासहित माघ ७ गते सीए सम्मेलन

एक्यानले आयोजना गर्ने उक्त सम्मेलनको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्ने छन् ।

काठमाडाैं । नेपाल चार्टर्ड एकाउन्टेन्ट सङ्घ (एक्यान)ले माघ ७ गते ‘राष्ट्रिय समृद्धिका साझेदार’ भन्ने मूल नारासहित सीए सम्मेलन गर्ने भएको छ । एक्यानले आयोजना गर्ने उक्त सम्मेलनको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्ने छन् ।

त्यसैगरी सम्मेलनमा नेपाल राष्ट्र बैङ्कका गभर्नर चिरञ्जीवी नेपाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्षलगायतको समेत उपस्थिति रहने आयोजक एक्यानले जनाएको छ । सम्मेलनमा तीन सत्र हुनेछन् ।