साझेदारी व्यवसायमा ‘विश्वास’ले ठूलो अर्थ राख्छ : व्यवसायी रविभक्त श्रेष्ठकाे विचार

एउटै घरका दाजुभाइबीच पनि पार्टनरसिपमा कति दरार आउँछन् भने बाह्य व्यक्तिसँग पार्टनरसिप गर्दा अति चनाखो हुनुपर्छ । यसमा सबै सचेत हुनु आवश्यक छ । पार्टनरसिप गर्ने व्यक्तिहरुको इमानदारी, व्यवहार आदि विषयमा राम्रोसँग बुझ्न सकियो भने सफल हुन गाह्रो छैन ।

पार्टनरसिपमा जुनसुकै उद्योग व्यवसाय गर्नु राम्रो हो । सफल भयो भने यसले दुवै समूहलाई फाइदा गर्छ । कुनै पनि ठूला काम गर्दा पनि टिमवर्क सबैभन्दा महत्वपूर्ण हुन्छ । टिमवर्कमै पार्टनरसिप टिकेको हुन्छ । नेपालको सन्दर्भमा पनि यो लागू हुन्छ । मेरो आफ्नै अनुभव के छ भने— हामीले सुरुमा आफैंले उद्योग व्यापार गरिरहेका थियौं । आफ्नै किसिमले व्यापार विस्तार गर्दै लगेका थियौं । त्यतिखेर कुनै पार्टनरसिप पनि थिएन । तर पछि नयाँनयाँ व्यापार बढ्दै गएपछि हामीले पार्टनरसिप थाल्यौं । त्यो राम्रोसँग चल्यो पनि । सुरुमा हामीले बेला कपडा उद्योग र आयातनिर्यातको काम गथ्र्यौं यो फस्ट जेनेरेसनको कुरा हो ।

हामीले त्यतिखेर उद्योगी आत्मराम मुरारकाहरुसँग पार्टनरसिप गरेका थियौं । त्यतिखेर उहाँहरुसँगको हाम्रो सम्बन्ध राम्रो थियो । कारोबार पनि एकदमै विश्वसनीय थियो । एउटाको काममा अर्काले कुनै पनि किसिमको हस्तक्षेप नगर्ने अवस्था थियो । त्यसको नेतृत्व लिनेले एकअर्काप्रतिको विश्वासलाई कायम राख्न सक्नुभयो । दोस्रो जेनेरेसनमा हामीले अर्काे समुहसँग पार्टनरसिप त गर्यौं । तर त्यो त्यति प्रभावकारी भएन । र त्यहाँबाट हामी एक्जिट भयाैं । भन्नुको मतलब हामीले कोसँग पार्टनरसिप गर्दै छौं भन्ने कुराले ठूलो महङ्खव राख्छ ।

पार्टनरसिप गर्ने व्यक्तिहरुको इमानदारी, व्यवहार आदि विषयमा राम्रोसँग बुझ्न सकियो भने सफल हुन गाह्रो छैन । एउटै घरका दाजुभाइबीच पनि पार्टनरसिपमा कति दरार आउँछन् भने बाह्य व्यक्तिसँग पार्टनरसिप गर्दा अति चनाखो हुनुपर्छ । यसमा सबै सचेत हुनु आवश्यक छ ।

पछि आएर हामीले अन्तर्राष्ट्रिय स्तरमा चर्चित कम्पनीसँग पनि पार्टनरसिप गर्यौं— अन्तर्राष्ट्रिय जोइन्ट भेन्चर युनिलिभरसँग । मल्टिनेसनल कम्पनी त्यसमा पनि प्रोफेसनल संस्था युनिलिभरसँग काम गर्न पाउनु हाम्रा लागि पनि अवसर थियो । त्यही कम्पनीको पार्टनरसिपका कारण हाम्रो अरु कम्पनीसँग पनि पार्टनरसिप राम्रो हुँदै गयो । हामीले सोल्टी होटलसँग पनि पार्टनरसिप गर्यौं । अर्काे पनि जोइन्ट भेन्चरसँग हामीले पार्टनरसिप गर्यौं । भारतीय एसआरएल कम्पनी डायग्नोसिस कम्पनीसँग पनि हाम्रो सहकार्य भयो ।

पछि सोल्टी होटेल ग्रुप र हाम्रा कम्पनीको ग्रुपबाट छुट्टै जोइन्ट भेन्चर कम्पनी जन्मायौं । त्यसमार्फत लगानी विस्तार गर्दै गयौं । सोल्टी होटल एउटा चिनिएको ब्रान्ड बनिसकेको छ । सोल्टी होटल ग्रुप र हाम्रो एनई ग्रुप मिलेर सोल्टी सिविक्रम होटल्स एन्ड रिसोर्ट होल्डिङ कम्पनी खोल्यौं । यो जोइन्ट भेन्चरबाट हामीले नेपालगन्जमा होटल सञ्चालन ग¥यौं । त्यो सफल पनि भयो । यो जोइन्ट भेन्चर कम्पनीको उद्देश्य होटलमा मात्र लगानी गर्ने होइन, अन्य क्षेत्रमा लगानी बढाउँदै लैजाने हो ।

केही समयपछि हामीले चारपाँच ओटा होटल यस्तै अन्य क्षेत्रमा पनि सञ्चालन गर्ने उद्देश्य छ । दोस्रो जेनेरेसनमै चौधरी ग्रुपसँग सहकार्य भएको छ । हामी, चौधरी ग्रुप र आईईजी ग्रुपको पार्टनरसिपमा एउटा समिट होटललाई नयाँ व्यवस्थापनमा सञ्चालन गर्यौं । चौधरी ग्रुपसँगको सहकार्यमा झम्सिखेलमा एउटा ठूलो होटल आउँदै छ । त्यसका लागि अहिले काम भइरहेको छ ।
नेपालमा अहिले अन्य बिजनेस हाउसेसहरुले पनि यसैगरी पार्टनरसिपमा काम अघि बढाएका छन् । सबैले सफलता पाएकै छन् । समय परिवर्तन हुँदै गयो । ठुल्ठूलो काम गर्दा चुनौती त हुन्छन् नै, तर राम्रा मान्छेहरुको समूह बनाएर साझेदारीमा काम गर्दा त्यसले पक्कै पनि सफल हुन सघाउँछ । र उद्योग व्यवसाय फस्टाउँदै लैजान पनि सजिलो हुन्छ ।

पहिलेको तुलनामा अहिलेको पुस्ताले साझेदारी व्यवसायलाई बढी रुचाएका छन् । साझेदारी व्यवसायमा पुँजीले मात्र सफलता गर्छु भनेर त्यो सम्भव नहुन सक्छ । त्यसमा लगानीकर्ताबीचको समझदारी, विश्वास आदिले महङ्खव राख्छन् । उद्योग व्यवसाय विस्तारमा पुँजीले अर्थ राख्न सक्छ । तर अन्य सफलतामा लगानीकर्ताबीचको सहकार्यले ठूलो अर्थ राख्छ । साझेदारी व्यवसाय गर्दा लगानीकर्ता समान नहुन सक्छन् । कुनै व्यक्ति कुन क्षेत्रमा सक्षम हुन सक्छन् भने कुनैको लगानी क्षमता बढी हुन सक्छ । यी सबै मिल्यो भने मात्र सम्बद्ध कम्पनीले राम्रो प्रतिफल दिन सक्छ ।

हामीले नयाँ व्यावसायिक घरानासँग पनि साझेदारीको तयारी छ । ठुल्ठूला प्रोजेक्टमा अहिले नेपालमा साझेदारी व्यवसाय अघि बढेको छ । अन्य उद्योगीहरुले पनि सहकार्यको हात अघि बढाउन चाहनुभएको छ । त्यसमा हामीले अध्ययन गर्दै छौं ।
हाम्रो लक्ष्य नै गुडविल रहेकाले हामीसँग पार्टनरसिप गर्न चाहनेहरु बढेका हुन् । पहिले गुडविल स्थापित गर्न सकियो भने व्यवसाय अघि बढाउन कठिन हुँदैन पनि । यस विषयलाई अरु नयाँ कम्पनीले पनि आत्मसात् गर्न सके भने उनीहरुलाई त्यसले सजिलो बनाउँछ ।