गत वर्षको तुलनामा बैङ्कले ९४ करोड रुपैयाँ नाफा बढाएको बैङ्कका नायब प्रमुख सूचना अधिकृत अर्जुनराज खनियाले बताए । उनका अनुसार बैङ्कले वार्षिक बिन्दुगत आधारमा वासलातको आकार ५३ प्रतिशत बढाएर २ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा बैङ्कको वासलातको आकार ७४ अर्ब रुपैयाँ बढेको छ ।
काठमाडौं : एनआईसी एसिया बैङ्कको चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा १६४ प्रतिशतले बढेको छ । गत पुससम्म बैङ्कले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैङ्कले ५७ करोड १८ लाख रुपैयाँ मात्र नाफा गरेको थियो ।
गत वर्षको तुलनामा बैङ्कले ९४ करोड रुपैयाँ नाफा बढाएको बैङ्कका नायब प्रमुख सूचना अधिकृत अर्जुनराज खनियाले बताए । उनका अनुसार बैङ्कले वार्षिक बिन्दुगत आधारमा वासलातको आकार ५३ प्रतिशत बढाएर २ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा बैङ्कको वासलातको आकार ७४ अर्ब रुपैयाँ बढेको छ ।
यस्तै बैङ्कको कर्जा लगानी ४८ प्रतिशत बढेर १ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँ पुगेको उनले जानकारी दिए । वार्षिक बिन्दुगत आधारमा बैङ्कले ४८ अर्ब रुपैयाँ कर्जा लगानी बढाएको छ । यस्तै निक्षेप सङ्कलन ४६ प्रतिशत बढेर १ खर्ब ७५ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनमा बैङ्कले ५५ अर्ब रुपैयाँ निक्षेप बढाएको छ ।
बैङ्कको देशभर २७३ शाखा कार्यालय, २८९ एटीएम, ३७ ओटा एक्सटेन्सन काउन्टर एवम् २२ ओटा शाखारहित बैङ्किङ इकाइमार्फत बैङ्किङ सेवा प्रदान गरेको छ । एनआईसी एसिया मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैङ्क भएको खनियाको दाबी छ । बैङ्कमा ग्राहकको सङ्ख्या करिब १४ लाख ५० हजार रहेको छ ।