काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) लाई कुलिङ पिरियड लागु गरेको छ ।
केन्द्रीय बैंकले आइतबार निर्देशन जारी गरी एउटा संस्था छाडेको ६ महिनापछि मात्र अर्को संस्थाको सञ्चालक र डेपुटी सीईओ हुन पाउने व्यवस्था गरेको हो । यसअघि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका सीईओलाई ६ महिनाको कुलिङ पिरियड लागु गरिसकेको छ ।
यस्तै कुनै पनि सञ्चालक पदावधी वहाल रहेका बेला हटेमा उसले सोही कार्यकाल भरी काम गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।