९०० मेगावाट अरुण तेस्रो जलविद्युतको १५ प्रतिशत काम सम्पन्न्, १२० अर्ब लगानी हुने

आयोजनाको तुम्लिङटारस्थित कार्यालयका अनुसार अहिले मकालु गाउँपालिका–५ फ्याक्सिदामा सुरुङ्मार्ग र बाँध निर्माणको काम भइरहेको छ । उक्त आयोजनामा नेपाली र भारतीय गरी २ हजार ६५ कामदारले काम गर्दै आएका छन् ।

सङ्खुवासभा । भारतीय लगानीमा निर्माण सुरु भएको ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको १५ प्रतिशत काम सम्पन्न भएको छ ।

आयोजनाको तुम्लिङटारस्थित कार्यालयका अनुसार अहिले मकालु गाउँपालिका–५ फ्याक्सिदामा सुरुङ्मार्ग र बाँध निर्माणको काम भइरहेको छ । उक्त आयोजनामा नेपाली र भारतीय गरी २ हजार ६५ कामदारले काम गर्दै आएका छन् ।

आयोजना निर्माणको जिम्मा पाएको भारतको एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईआ) सतिशकुमार शर्माका अनुसार अहिलेसम्म ३५२ मिटर सुरुङ्मार्ग खन्ने काम सकिएको छ ।

“आयोजना निर्माण स्थलसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ, अब निर्माण सामग्री ढुवानीमा सहज हुनेछ,” उनले भने। आयोजना स्थलमा बिजुली नहुँदा निर्माणमा ढिलाइ भएको शर्माले बताए । आयोजनाको काम आउँदो पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । आयोजना निर्माणका लागि १ खर्ब २० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।