स्ट्यान्डर्ड  चार्टर्डको सीईओमा दस्तिदार नियुक्त

यसअघि सीईओ रहेका जोसेफ सिल्भानुसलाई फिर्ता बोलाउँदै दस्तिदारलाई सीईओका रुपमा नियुक्त गरेको हो ।

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैङ्क नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अनिर्वाण घोष दस्तिदार नियुक्त भएका छन् । यसअघि सीईओ रहेका जोसेफ सिल्भानुसलाई फिर्ता बोलाउँदै दस्तिदारलाई सीईओका रुपमा नियुक्त गरेको हो ।

स्ट्यान्डर्ड चार्टर्डको सञ्चालक समितिले दस्तिदारलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।