३ वर्ष समय बितिसकेपछि पनि बैंक तथा वित्तीय संस्थामा जागिर खानका लागि केन्द्रीय बैंकको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । पूर्वस्वीकृति हेरेर मात्र नियुत्त गर्नका लागि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर, कार्यकारी निर्देशक र अधिकृतस्तरका कर्मचारीलाई अवकाश पाएको ३ वर्षसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थामा जागिर खान रोक लगाएको छ ।
केन्द्रीय बैंकले सोमबार निर्देशन जारी गरी डेपुटी गभर्नर र कार्यकारी निर्देशकलाई ३ वर्ष र अधिकृतस्तरको कर्मचारीले २ वर्षसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने गरी अंकुश लगाएको हो ।
३ वर्ष समय बितिसकेपछि पनि बैंक तथा वित्तीय संस्थामा जागिर खानका लागि केन्द्रीय बैंकको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । पूर्वस्वीकृति हेरेर मात्र नियुत्त गर्नका लागि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
अवकाश पाएपछि पूर्व डेपुटी गभर्नर, कार्यकारी निर्देशक र अधिकृत स्तरका पूर्व कर्मचारी बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बैंकको सञ्चालक र डेपुटी सीईओ बन्ने गरेका छन् ।
केन्द्रीय बैंकले एउटा संस्था छाडेको ६ महिनापछि मात्र अर्को संस्थाको सञ्चालक र डेपुटी सीईओ हुन पाउने व्यवस्था गरेको छ । यसअघि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका सीईओलाई ६ महिनाको कुलिङ पिरियड लागु गरिसकेको छ ।
यस्तै कुनै पनि सञ्चालक पदावधी बहाल रहेका बेला हटेमा उसले सोही कार्यकाल भरी काम गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।