कुमारी बैंकको नाफा २६ प्रतिशत बढ्यो, ६ महिनामा ६० करोड ३८ लाख पुग्यो

बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको ६ महिनाको वित्तीय विवरण अनुसार बैंकले १२ करोड रुपैयाँ नाफा बढाएको छ । ६ महिनामा बैंकले १ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ ।

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा नाफा २६ प्रतिशत बढाएको छ । चालु आवको पुससम्म बैंकले ६० करोड ३८ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४८ करोड २ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको ६ महिनाको वित्तीय विवरण अनुसार बैंकले १२ करोड रुपैयाँ नाफा बढाएको छ । ६ महिनामा बैंकले १ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ ।

समीक्षा अवधिमा बैंकको खराव कर्जा अनुपात घटाएर १.२२ प्रतिशतमा सीमित गरेको छ । बैंकको निक्षेप लागत बढेर ८.१२ प्रतिशत पुगेको छ । निक्षेप कर्जा अनुपात ७८, आधार दर बढेर ११.५५ प्रतिशत पुगेको छ ।

यस्तै प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६२ पैसा र ब्याजदर अन्तर ३.३८ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकले निक्षेप परिचालन बढाएर ७५ अर्ब ४४ करोड रुपैयाँ पुर्याएको छ । कर्जा सापटी पनि बढेर ७० अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा संचित कोषको आकार बढेर ४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।