सिभिल बैङ्क र एसियन लाइफबीच बैङ्कास्याेरेन्स सम्झौता

सिभिल बैङ्कले यसअघि पनि जीवन बिमा कम्पनीहरु तथा निर्जीवन बिमा कम्पनीहरुसँग सम्झौता गरी जीवन बिमा तथा निर्जीवन बिमा सेवा उपलब्ध गराउँदै आएको छ ।

काठमाडौं । सिभिल बैङ्क र एसियन लाइफ इन्स्योरेन्सबीच बैङ्कास्योरेन्स सम्झौता भएको छ । जीवन बिमा सेवालाई विस्तार गर्ने उद्देश्यले एसियन लाइफ इन्स्योरेन्ससँग सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा सिभिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एसियन लाइफका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरे । अब एसियन लाइफका ग्राहकले बिनाझन्झट सिभिल बैङ्कका देशभरका ७१ शाखामार्फत सेवा लिन सक्ने बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

सिभिल बैङ्कले यसअघि पनि जीवन बिमा कम्पनीहरु तथा निर्जीवन बिमा कम्पनीहरुसँग सम्झौता गरी जीवन बिमा तथा निर्जीवन बिमा सेवा उपलब्ध गराउँदै आएको छ ।