बैङ्क तथा वित्तीय संस्थाले दिने अटोलोन बढ्यो, ५ महिनामा ९६५ करोड पुग्यो

गत आर्थिक वर्षको सोही अवधिमा बैङ्क तथा वित्तीय संस्थाको अटोलोन ४.७ प्रतिशतले वृद्धि भएर ७ अर्ब सात करोड ६१ लाख रुपैयाँ पुगेको थियो । हालसम्म बैङ्क तथा वित्तीय संस्थाको अटोलोन १ खर्ब ८० अर्ब ६८ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

काठमाडौं । चालू आर्थिक वर्षको ५ महिनामा बैङ्क तथा वित्तीय संस्थाले दिने अटोलोन बढेको छ । गत मङ्सिरसम्म अटोलोन ५.६ प्रतिशत बढेर ९ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैङ्क तथा वित्तीय संस्थाको अटोलोन ४.७ प्रतिशतले वृद्धि भएर ७ अर्ब सात करोड ६१ लाख रुपैयाँ पुगेको थियो । हालसम्म बैङ्क तथा वित्तीय संस्थाको अटोलोन १ खर्ब ८० अर्ब ६८ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

जसअनुसार व्यापारिक प्रयोजनका लागि सवारीसाधनको खरिद ६ प्रतिशत बढेर ६ अर्ब ४४ करोड २४ लाख रुपैयाँ पुगेको छ । यस्तै व्यक्तिगत सवारीसाधनमा लगानी ५.१ प्रतिशत बढेर ३ अर्ब २१ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।

गाडी किन्नका लागि बैङ्क तथा वित्तीय संस्थाले कुल रकमको ६५ प्रतिशत मात्र ऋण लगानी गर्न पाउँछन् ।