वैदेशिक रोजगारीमा जाने नेपालीलाई २ सय डलरभन्दा बढी नदिन राष्ट्र बैङ्कको निर्देशन

राष्ट्र बैङ्कबाट इजाजत लिएका ‘क’ र ‘ख’ वर्गका बैङ्क तथा वित्तीय संस्थालाई एकीकृत परिपत्र २०७४ (वैदेशिक रोजगारीमा जानेहरुका लागि प्रदान गरिने सटही सुविधा) संशोधन गरेको छ । यसअघि वैदेशिक रोजगारीमा जाने नेपालीले ५ सय डलरसम्मको सटही सुविधा पाउँदै आएका थिए ।

काठमाडौं । नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीलाई अधिकतम २ सय डलरभन्दा बढी नदिन निर्देशन दिएको छ । राष्ट्र बैङ्कले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

राष्ट्र बैङ्कबाट इजाजत लिएका ‘क’ र ‘ख’ वर्गका बैङ्क तथा वित्तीय संस्थालाई एकीकृत परिपत्र २०७४ (वैदेशिक रोजगारीमा जानेहरुका लागि प्रदान गरिने सटही सुविधा) संशोधन गरेको छ । यसअघि वैदेशिक रोजगारीमा जाने नेपालीले ५ सय डलरसम्मको सटही सुविधा पाउँदै आएका थिए ।

तर, नेपाल राष्ट्र बैङ्कले मङ्गलबार परिपत्र जारी गर्दै निर्देशन जारी गरेपछि २ सय डलरभन्दा बढी सटही नपाउने भएका हुन् । चालू आर्थिक वर्ष २०७५÷७६ मा देशको भुक्तानी सन्तुलन ऋणात्मक हुन थालेपछि यस्तो परिपत्र जारी गरिएको हो ।