ग्लोबल आईएमई बैङ्कको कामु सीईओमा ढकाल

काठमाडौं । ग्लोबल आइएमइ बैङ्कको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा महेशप्रसाद ढकाल नियुक्त भएका छन् ।

यसअघिका सीईओ जनक शर्मा पौडेलको राजिनामापछि ढकाल नियुक्त भएका हुन् । ३ महिना अघि सीईओमा नियुक्त भएका पौडेललले अचानक आफ्नो पदबाट राजीनामा दिएका थिए ।