सम्भव छ आर्थिक वृद्धि

सरकारले आगामी आर्थिक वर्षका लागि बजेटमार्फत प्रक्षेपण गरेको ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सम्भव छ?यो प्रश्न अहिले जल्दोबल्दो ढङ्गमा सर्वत्र उठिरहेको छ । तपाईं–हामीकेही अर्थशास्त्री वा पूर्वअर्थमन्त्रीहरुको ‘सैद्धान्तिक विश्लेषण’को पछि लाग्दैनौँ भने ढुक्क हुन सकिन्छ, यो लक्ष्य हासिल गर्न कुनै गाह्रो पर्दैन । तर, एउटा सर्त भने अवश्यै पनि छ, राजनीतिज्ञहरुको लडाइँ सिंहदरबार र संसद् भवनभित्रैसीमित हुनुपर्छ ।सडक र बजार गरीखाने वर्गका लागि सदा खुला रहनुपर्छ । त्यसमा कुनै पनि परिवर्तनका नाममा अवरोध गर्न पाइँदैन ।सिंहदरबारले राम्ररी थाहा नपाईकनै देशमा आर्थिक विकासको वातावरण तयार भएको छ । दलहरु राजनीतिक सहमति जुटाउने नाममा बालुवाटार–सिंहदरबारका ‘सर्वदलीय बैठक’मा गोलचक्कर लगाइरहँदा देशका सीमान्त गाउँ सहरमा परिणत भइरहेका छन् । नागरिकको जीवनस्तरमा लोभलाग्दो सुधार आउन थालेको छ ।तिनै सुधारका गतिविधिको प्रतिबिम्ब देखिन थाल्नुमा सरकारकोभन्दा स्थानीय समाज र निजीक्षेत्रको योगदानको मात्रा बढी छ ।
गत वैशाख २६ गते नेपालको आर्थिक विकासमा व्यक्तिगत रुपमा महङ्खवपूर्ण योगदान पु¥याउने तीन हस्ती विनोद चौधरी, कर्ण शाक्य र रामेश्वर खनाल पूर्वको सुन्दरहरैचा नगरपालिकाको एक घरमा स्थानीय युवा उद्यमीहरुसँग‘लन्च मिटिङ’मा सहभागी थिए । औद्योगिक नगरी विराटनगरस“ग जोडिएको यस नगरपालिकाको भ्रमणपछि स्थानीय उद्यमी, व्यवसायी एवम् सामाजिक कार्यकर्तास“ग उनीहरुको आश्चर्यमिश्रित प्रश्न थियो,‘पा“च वर्षअघिसम्मको एउटा सामान्य गाउ“आज नमुना नगरपालिकामा रुपान्तरण हुन कसरी सम्भव भयो ?’ हरैचालाई सुन्दर नगर बनाउन नेतृत्व लिइरहेका युवा उद्यमी भोलेश्वर दुलालले सहज जवाफ दिए, ‘हामी आफै यहा“का सबै बासिन्दा मिलेर हरैचा गाउ“लाई सुन्दरहरैचा नगरपालिका बनाएका हौ“ । र, यो नेपालकै गतिशील र नमुना नगरपालिका पनि हो ।सरकारको मुख ताकेर बसेको भए हाम्रो यो चाहनामाथि राजनीति मात्रै हुने थियो,यो ठाउँको विकास हुने थिएन। किनभने, राजनीति गर्न हाम्रो एजेन्डा अपूर्ण रहिरहनुपथ्र्यो ताकि हामीलाई बारम्बार सपना देखाउन पाइयोस् !’ रामेश्वर खनालले आफ्नो अनुभव सुनाए, ‘यसरी जुर्मुराइरहेका नगरपालिकाहरुले सरकारको वित्तीय सहयोग निकै कम पाउँछन् । तर, पुराना नगरपालिकाहरुमा सरकारको ठूलो रकम खर्च हुन्छ, किनभने त्यहा“ ‘ठूला राजनीतिज्ञ’को घर पर्छ ।
आफ्नै सामथ्र्यमा निर्मित सुन्दर हरैचा नगरपालिका वास्तवमै मनोरम छ । चिल्ला सडकको सञ्जाल, व्यवस्थित आवास, खानेपानीको प्रबन्ध र सहरीकरणका अन्य पूर्वाधारको राम्रो अवस्था छ । ‘हामीले स्थानीय लगानीमा निर्माण गरेको सहर हो यो,’ सामाजिक कार्यकर्ताको समेत पहिचान बनाएका युवा उद्यमी दुलालले भने, ‘हामी सुन्दर हरैचाकाबासिन्दा हौ“ भन्दा गर्व गर्न पाइयोस्, यही हाम्रो लक्ष्य हो ।’उनका अनुसार नमुना नगरपालिका बनाइरहँदा यहा“ नमुनायोग्य संस्कृतिको पनि विकास गरिएको छ । यस नगरपालिकामा कुनै पनि राजनीतिक दललाई चन्दा दिइँदैन र नगरपालिकालगायत सरकारी कार्यालयहरुलाई घुसमुक्त गरिएको छ । आर्थिक विकास र सुशासन एकैसाथ अवलम्बन गरिएको छ । ‘देशभर सुन्दर हरैचाहरुको निर्माण गर्नु नै हामीले बनाउन चाहेको नेपाल हो,’ उद्यमी चौधरीले स्थानीय युवालाई प्रोत्साहन दिँदै भने, ‘तपाईंहरुले सुन्दर हरैचाबाट बाहिर निस्किएर अन्य ठाउ“को विकासमा पनि योगदान गर्न सक्नुपर्छ । अनुभवहरुको आदानप्रदानले तपाईं अर्को ठाउ“मा पुग्दा आफूले चाहेजस्तो समाज पाउन सम्भव बनाउनेछ ।’ सुन्दर हरैचा विकासको एउटा यस्तो बिम्ब हो, जसले नेपाल विकासमा ‘तलदेखि माथि’ उठ्दैछ भन्ने सन्देश दिन्छ । काठमाडौंमा धेरै हल्ला नभईकनै पनि देशमा विकासका गतिविधि चलिरहेका छन् भन्ने यसले देखाउँछ ।
वीरगन्जमा निर्माणाधीन विकास निर्माणका केही परियोजना पनि यस्तै छन्, जहा“ पुग्दा नेपालको आर्थिक विकासमा टुसा उम्रिसकेको तर त्यसले माटोको एक पत्र छेडेर बाहिर निस्किन मात्रै बा“की छ भन्ने महसुस हुन्छ । सधैं हिलाम्मे र अव्यवस्थित देखिने घन्टाघरतिरको पुरानो वीरगन्ज छाडेर इन्टिग्रेटेड कस्टम प्वाइन्ट (आईसीपी)तर्फ अगाडि बढ्नासाथ थाहा हुन्छ, नेपालको आर्थिक विकासलाई नया“ उचाइमा पु¥याउने पूर्वाधारहरु ‘फाइनल टच’को प्रतीक्षामा छन् । नेपाल–भारत सीमामा निर्माण अन्तिम चरणमा पुगेको आईसीपी सम्भवतः नेपालको पहिलो श्रेणीको पूर्वाधार हो, जसले नेपालको वैदेशिक व्यापारलाई नया“ युगमा प्रवेश गराउनेछ । आईसीपी अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार हो, जहा“बाट नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि आवश्यक सम्पूर्ण सेवा एकै ठाउ“मा उपलब्ध हुनेछन् । यसका लागि अहिले दर्जन ठाउ“ पुग्नुपर्छ । आईसीपीको प्रयोगले समय र लागतमा कमी आई नेपालको समग्र बजारलाई नै एकहदसम्म ‘करेक्सन’ गर्ने विश्वास लिइएको छ । ‘आईसीपीले वीरगन्जको मात्रै होइन, नेपालकै अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ,’वीरगन्जका वरिष्ठ उद्यमी अशोक वैद भन्छन्, ‘यहा“ निर्माण भइरहेका पूर्वाधारहरुले नेपालले विकासमा फड्को मार्दैछ भन्ने पनि सन्देश दिइरहेका छन् ।’
नेपाल र भारत दुवैतर्फ निर्माण भइरहेको यो परियोजनाको प्रगति नेपालतर्फ सुस्त छ, जुन नेपालको विकास प्रवृत्ति पनि हो । इन्टरनेट वा विद्युत् कनेक्सनजस्ता विषयले एउटा बृहत् परियोजनालाई विलम्ब गराइरहेका छन् । र, ड्राइपोर्टदेखि आईसीपीसम्मको सात सय मिटर सडक निर्माणजस्ता विषयमा नेपालका तर्फबाट समयमै काम नहँुदा यो परियोजना निर्माणमा सहभागी भारतीय अधिकारीले नेपाली पक्षको आलोचना गर्न पाइरहेका छन् । तर, यो परियोजना हेरिरहेका ड्राइपोर्टका प्रमुख सूर्य सेढाईं परियोजनाका बा“की काम दुई महिनाभित्र पूरा गर्ने गरी काम भइरहेको बताउँछन् । भविष्यमा ड्राइपोर्ट र सडकमार्ग दुवैतर्फबाट हुने व्यापारलाई आईसीपीमै इन्टिग्रेटेड गर्ने योजना छ । यसले नेपालको वैदेशिक व्यापारलाई धेरैहदसम्म प्रणाली (सिस्टम)मा ल्याउनेछ । अनौपचारिक व्यापार घट्नेछ । भन्सार बिन्दुमा सामानको मूल्याङ्कनमा हाल भइरहेका गलत प्रवृत्ति नियन्त्रण भई राजस्व वृद्धिमा महङ्खवपूर्ण योगदान पुग्नेछ । भन्सारमा सामान जा“चपासका डाटा भारत र नेपाल दुवैतर्फ सेयर गर्ने विषयमा दुवै देशका सरकारबीच सम्झौता भइसकेकाले राजस्व व्यवस्थापनमा प्रणालीगत सुधार हुने विश्वास गरिएको छ ।
आजको दुनिया“मा द्रुत मार्गहरुको सञ्जाललाई नै विकासको पहिलो सूचकका रुपमा लिइन्छ । वीरगन्जको आईसीपी÷ड्राइपोर्टबाट सुरु हुने द्रुतमार्गले काठमाडौँसम्म जोड्न सक्छ, हालको योजनामा केही सुधार गर्दा । वीरगन्जदेखि पथलैयासम्म ६ लेनको सडक विस्तारको काम भइरहेको छ, जुन सडकलाई काठमाडौँ–निजगढ फास्टट्र्याकमा जोड्न पूर्व–पश्चिम राजमार्गको पथलैया पूर्वी भागमा थप १८ किलोमिटर विस्तार गर्नुपर्छ । यति गर्दासाथ वीरगन्जदेखि काठमाडौँको दूरी करिब एक घन्टामै सीमित हुनेछ । वीरगन्ज–मुग्लिङ हँुदै २÷४ दिन लगाएर काठमाडौँ आउने ट्रक–कन्टेनर केही घन्टामै राजधानीपुग्नेछन् ।
कामकाजी समाजले कुनै परियोजनाको शिलान्यास गरिनुलाई असभ्य मान्छ । र,परियोजना निर्माण सम्पन्न गरी एकैसाथ उद्घाटन गरिनुलाई गौरव । तर, हामीकहा“ शिलान्यासको प्रवृत्तिसधैँ दोहोरिइरहन्छ । जस्तो, काठमाडौँ–निजगढ फास्टट्र्याक । प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएलगत्तैफास्टट्र्याक शिलान्यास गरे, जुन यसअघि नै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि गरेका थिए । यस्तो प्रवृत्तिले विकासमा नेपाल अझै पनि सही बाटोमा नरहेको देखाउँछ । यद्यपि, नेपाली सेनालाई निर्माणको जिम्मेवारी दिई आगामी आर्थिक वर्षका लागि १० अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएका कारण फास्टट्र्याक निर्माणमा प्रगति हासिल हुने विश्वास गर्न थालिएको छ । फास्टट्र्याकस“ग वीरगन्जका आईसीपी र ड्राइपोर्ट जोडिएको वर्ष नेपालको आर्थिक वृद्धिदर दोहोरो अङ्कमा सजिलै पुग्नेछ, जसलाई हामी समृद्ध नेपाल निर्माणको गतिले ‘फास्टट्र्याक’ समातेको मान्न सक्नेछौँ ।
विकासमा हलचल ल्याइरहेको अर्को परियोजना हो, बुटवल–भैरहवा ६ लेन सडक । बुटवल र भैरहवा दुवैतर्फबाट काम भइरहेको यो सडकको बुटवलदेखि मणिग्रामसम्म र भैरहवातर्फबाट बुद्धचोकसम्म निर्माण सम्पन्न भइसकेको छ ।बीचको बा“की भागमा चालू आर्थिक वर्षभित्रै काम पूरा हुने गरी ठेक्का लगाइएको छ । निर्माण सम्पन्न नहुँदै नेपालमा वल्र्डक्लास सडक निर्माण गर्न सम्भव छ र विकासमा हामी अन्तर्राष्ट्रिय मापदण्डलाई पछ्याउन सक्छौँ भन्ने सन्देशपनि यो परियोजनाले दिएको छ । पश्चिम नेपालका दुई प्रख्यात सहर बुटवल–भैरहवालाई जोड्दै भारतीय सीमा बेलहियासम्म पुग्ने यो सडकले यस कोरिडोरको परिचयलाई नेपालकै सबैभन्दा उत्कृष्ट स्थानका रुपमा बदल्ने निश्चित छ । बुटवलदेखि भैरहवासम्मको यात्रामा दुवैतर्फ निर्माण भएका सुन्दर घरहरु, मुख्य सडकबाट छुट्टिने चौडा पिच सडकहरु, यस क्षेत्रमा निर्माण भइरहेका विभिन्न उद्योग एवम् होटल–रिसोर्टले देशको अर्थतन्त्रमा सकारात्मक योगदान पु¥याउने विश्वास गर्न सकिन्छ । अहिले बुटवल–भैरहवा क्षेत्रमा निर्मित होटल÷रिसोर्टहरुमा भारतको उत्तरप्रदेशबाट सभा, सम्मेलन, विवाह, व्रतबन्धलगायत कार्यक्रम गर्न आउने चलन सुरु भइसकेको छ । र, भविष्यमा पर्यटकीय गतिविधि निकै बढ्ने देखिएको छ ।यो क्षेत्र अहिले नेपालको आकर्षक लगानीको केन्द्रका रुपमा समेत विकास भएको छ । भैरहवामा निर्माणााधीन अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीको बृहत् विकास योजनास“ग जोडिँदा यो क्षेत्र वास्तवमै नेपालको उद्यम, व्यवसाय र पर्यटनको केन्द्रमा रुपान्तरण हुने छा“टका“ट देखिँदैछ ।यस क्षेत्रका पूर्वाधार बुटवल–भैरहवा सडक, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी बृहत् विकास योजनाको कार्यान्वयनले मात्रै पनि नेपालको अर्थतन्त्रलाईउल्लेखनीय रुपमा उचाइमा पु¥याउनेछ ।
विकासको अर्को सन्देश पश्चिमबाट कोहलपुर–रुपैडिया ४ लेनको सडकले पनि दिइरहेको छ । जेनतेन गाडी चलाउन मिल्ने सडक संरचनामा बा“चेको नेपालगन्जले यो सडकको निर्माणपछि नया“ जीवन पाएको छ । र, रुपैडिया नाका हुँदै हुने भारतस“गको व्यापारमा सहजीकरण भएको छ । यस सडकले दिएको अर्को सन्देश हो– हाम्रा पुराना र अव्यवस्थित सहर पनि नया“ संरचनास“गै सुध्रिन सक्छन् । नेपालगन्जको परिवर्तनलाई नजिकबाट हेरिरहेका स्थानीय युवा उद्यमी एवम् होटल व्यवसायी महासङ्घका पूर्वउपाध्यक्ष भाष्कर काफ्ले भन्छन्, ‘कोहलपुर–रुपैडिया सडक निर्माणपछि नेपालगन्ज सहरको स्वरुपमै परिवर्तन आएको छ । गल्लीहरु चौडा बनाउने र सहर सफा राख्नुपर्छ भन्ने चेतनामा पनि सुधार आएको छ ।’
राष्ट्र बैङ्कको तथ्याङ्क पल्टाउने हो भने सरकार विकास निर्माणमा असफल भएको निष्कर्ष निस्किन्छ । विकास बजेट खर्च गर्न नसक्दा सरकारले आगामी आर्थिक वर्षको बजेटको स्रोतसमेत अघिल्लो वर्ष विकास निर्माणमा खर्च गर्न नसकेर सरकारी खातामा बचत रहेको रकमलाई बनाउन थालेको छ । विकास बजेट कार्यान्वयन गर्ने सरकारको क्षमतामा सुधार नआइरहँदा पनि देशका केही परियोजनाले देशको समग्र अर्थतन्त्रमा ऊर्जा दिइरहेका छन् । र, आर्थिक विकासमा फड्को मार्न सम्भव छ भन्ने सन्देश दिइरहेका छन् ।