कम्पनीले २२.२ मेगावाट क्षमताको माथिल्लो चाकु ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाबाट छिट्टै बिजुली उत्पादन हुने कम्पनीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
काठमाडौं । स्थानीय बासिन्दाले साधारण सेयर (आईपीओ) नकिनेपछि शिवश्री हाइड्रोपावर लिमिटेडले म्याद थप गरेको छ । कम्पनीले गत पुस २७ गतेदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीयबासिन्दालाई १४ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको १४ लाख ७६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेकोमा थियो ।
आईपीओ निष्कासन अन्तिम दिन शुक्रबारसम्म भएकोमा पूरै बिक्री नभएपछि एक साता समय थप भएको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीले भोटेकोसी गाउँपालिका, बाह्रबीसे नगरपालिका र सुनकोसी गाउँपालिकाका स्थानीबासिन्दालाई आईपीओ निष्कासन गरेको हो । न्यूनतम ५० देखि अधिकतम ७ हजार ३८० कित्तासम्म आवेदन दिन पाइने सिद्धार्थले जानकारी दिएको छ । शिवश्रीले इक्रा नेपाल लिमिटेडबाट ग्रेड ४ प्रमाणपत्र पाएको छ ।
कम्पनीले २२।२ मेगावाट क्षमताको माथिल्लो चाकु ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाबाट छिट्टै बिजुली उत्पादन हुने कम्पनीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
आयोजना बनाउन ३ अर्ब ६६ करोड ४७ लाख रुपैयाँ लगानी भएको छ । आयोजनाको प्रतिमेगावाट लागत १६ करोड ५० लाख ८० हजार रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । आयोजनाबाट लागत फिर्ता ७.८ वर्ष रहेको छ । आयोजनाको अनुमतिपत्र बहाल रहने अवधि ३० वर्षको छ ।