बैङ्क सञ्चालक समितिले आगामी ४ वर्षका लागि शेरचनलाई नै सीईओको जिम्मेवारी दिएको हो । उनी यसअघि पनि बैङ्कमा सीईओका रुपमा ४ वर्ष बिताइसकेका छन् ।
प्रभु बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शेरचनले निरन्तरता पाएका छन् । बैङ्क सञ्चालक समितिले आगामी ४ वर्षका लागि शेरचनलाई नै सीईओको जिम्मेवारी दिएको हो । उनी यसअघि पनि बैङ्कमा सीईओका रुपमा ४ वर्ष बिताइसकेका छन् ।
तत्कालीन प्रभु फाइनान्सका सीईओ शेरचनले यस अवधिमा स्तरोन्नति भएको प्रभु विकास बैङ्कको सीईओ भएर काम गरेका थिए । त्यसैगरी फेरि प्रभु विकास बैङ्कलाई तत्कालीन किस्ट बैङ्कसँग मर्ज गराई प्रभु बैङ्कको सीईओको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
वित्तीय क्षेत्रमा बिस्तारै अघि बढ्दै गरेको प्रभुले मर्जपछि १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । उनको दोस्रो कार्यकाल माघ १८ देखि सुरु हुनेछ ।