अघिल्लो आर्थिक वर्षको तुलनामा बैङ्कको कर्जा ११.२६ प्रतिशत, साँवा असुली १३.४२ प्रतिशत, ब्याज असुली १७.६६ प्रतिशत तथा निक्षेप सङ्कलनमा १३.८४ प्रतिशतले वृद्धि भएको छ । आव २०७३/७४ को माघ मसान्तसम्ममा निक्षेप रकम ९९ अर्ब ९३ करोड रुपैयाँ रहेको बैङ्कले जनाएको छ ।
कृषि विकास बैङ्क लिमिटेडले आव २०७३/७४ मा रु दुई अर्ब ५७ करोड खुद मुनाफा आर्जन गरेको छ ।
बैङ्कले आज स्थापनाको ५१औँ वार्षिकोत्सवका अवसरमा आव २०७३/७४ मा ४ अर्ब २३ करोड सञ्चालन मुनाफा आर्जन भएको जानकारी दियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैङ्कको कर्जा ११.२६ प्रतिशत, साँवा असुली १३.४२ प्रतिशत, ब्याज असुली १७.६६ प्रतिशत तथा निक्षेप सङ्कलनमा १३.८४ प्रतिशतले वृद्धि भएको छ । आव २०७३/७४ को माघ मसान्तसम्ममा निक्षेप रकम ९९ अर्ब ९३ करोड रुपैयाँ रहेको बैङ्कले जनाएको छ ।
बैङ्कका कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाका अनुसार बैङ्कले स्थापनाकालदेखि हालसम्म कुल आठ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैङ्कको अहिलेसम्मको कर्जा असुली सात खर्ब ७० अर्ब रुपैयाँ छ । हाल बैङ्कको एक लाख ५१ हजार कर्जा ग्राहकमा ९५ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी छ । साथै, चालू आव २०७४÷७५ को अन्त्यसम्ममा व्यवसायको आकारमा वृद्धि गर्ने लक्ष्य अनुरुप बैङ्कले कर्जा तथा सापटमा ११ प्रतिशत वृद्धि गरी करिब एक खर्ब दुई अर्ब ९२ करोड र निक्षेप सङ्कलनमा १४ प्रतिशत वृद्धि गरी एक अर्ब १३ अर्ब ८६ करोड रुपैयाँ पु¥याउने भएको छ । सोही योजनाअनुसार बैङ्कका व्यावसायिक गतिविधि अघि बढाइएको प्रमुख कार्यकारी अधिकृत सिटौलाले बताए ।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैङ्कको स्थापनाकालदेखि कृषिको व्यावसायिकीकरण, औद्योगिकीकरण तथा बैङ्किङको माध्यमबाट गरिबी निवारण र रोजगारी सिर्जनामा अहम् भूमिका खेल्दै आएको बताए । उनले मुलुकको उत्पादनशील क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको बैङ्कले समयानुकूल नवीन प्रविधि र दक्ष जनशक्तिको विकास गरी सेवालाई थप गुणस्तरीय बनाउनुपर्ने सुझाव दिए । अर्थमन्त्री कार्कीले कृषि बैङ्कको सङ्घीय शासन प्रणालीअनुरुप आप्mनो सेवालाई ग्रामीण भेगका जनताको पहुँचमा पु¥याउनुपर्ने र यस अभियानमा मन्त्रालयले सक्दो सहयोग गर्ने पनि प्रतिबद्धता जनाए ।
अर्थराज्यमन्त्री उदयशमशेर राणाले बैङ्कले आप्mनो सेवालाई बढीभन्दा बढी ग्रामीण जनतासामु पु¥याउन पुँजी वृद्धि गर्नुपर्ने सुझाव दिए । बैङ्क सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेंजुवालले अर्धसरकारी स्वामित्वको बैङ्क भए पनि कतिपय नीतिगत अप्ठ्याराका कारण बैङ्किङ सेवा प्रवाहमा समस्या भइरहेको बताए ।
बैङ्कका अहिले देशभर २ सय ५३ शाखा कार्यालय सञ्जालमार्फत सेवा प्रवाह भइरहेको छ । हाल दुई हजार ८ सय २५ कर्मचारी रहेको यस बैङ्कका दुई लाखभन्दा बढी सेयरधनी छन् । वार्षिकोत्सवका अवसरमा बैङ्कमा २० वर्षभन्दा बढी अवधि सेवा गरेका ५३ जना कर्मचारीलाई सम्मान गरिएको थियो ।