बैंकले सहायक कम्पनीमार्फत म्युचअल फण्ड निष्कासन र व्यवस्थापन गर्दै आएका छन् । चालु आर्थिक वर्ष सुरु भएयता बोर्डले म्युचअल फण्ड निष्कासनको स्वीकृति दिएको छैन । हालसम्म ग्लोबल आईएमई, बैंक, सिटिजन्स बैंक र एनआईसी एसिया बैंकको ५ अर्ब ८५ करोड रुपैयाँ बराबरको ५८ करोड ५० लाख युनिट म्युचअल फण्ड निष्कासन गर्न लागेका हुन् ।
काठमाडौं । विभिन्न ३ ओटा बाणिज्य बैंकले सामूहिक लगानी कोष (म्युचअल फण्ड) निष्कासन गर्ने भएका छन् । एनएमबी बैंक, नविल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले प्रति इकाई १० रुपैयाँ दरका २ अर्ब ९० रुपैयाँ बराबरको २९ करोड इकाई म्युचअल फण्ड निष्कासन गर्न लागेका हुन् । ३ ओटै बैंकले म्युचअल फण्ड निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
एनएमबी बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड ईकाईको एनएमबी ५० म्युचअल फण्ड, नविल बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड ईकाइ नविल ब्यालेन्स फण्ड २ र नेपाल इन्भेष्टमेन्टले ५० करोड रुपैयाँ बराबरको ५ करोड ईकाई म्युचअल फण्ड निष्कासन गर्न लागेका हुन् ।
बैंकले सहायक कम्पनीमार्फत म्युचअल फण्ड निष्कासन र व्यवस्थापन गर्दै आएका छन् । चालु आर्थिक वर्ष सुरु भएयता बोर्डले म्युचअल फण्ड निष्कासनको स्वीकृति दिएको छैन । हालसम्म ग्लोबल आईएमई, बैंक, सिटिजन्स बैंक र एनआईसी एसिया बैंकको ५ अर्ब ८५ करोड रुपैयाँ बराबरको ५८ करोड ५० लाख युनिट म्युचअल फण्ड निष्कासन गर्न लागेका हुन् ।
म्युचअल फण्ड निष्कासनको अनुमति दिन ढिलाइ गरिरहेको मर्चेन्ट बैंकरबाट गुनासो आएको छ । सीबीआईएल क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहालले बोर्डको स्वीकृति कुरेर बसेको बताउछन् । सीआईबीएलले १ अर्ब रुपैयाँ बराबरको १० करोड ईकाई सिटिजन्स म्युअल फण्ड दोस्रो निष्कासन गर्न लागेको छ । यता बोर्डका प्रवत्ता निरज गरीले रोकेको नभई प्रस्तावको अध्ययन भइरहेको जानकारी दिए । प्रक्रिया पुगेपछि निष्कासन अनुमति दिने उनको भनाई छ ।
पछिल्लो समयमा सेयर बजार निरन्तर ओरालो लागेपछि म्युचअल फण्डको खुद सम्पत्ति घट्न थालेको छ । म्युचअल फण्डको धेरै लगानी सेयर बजारमा भएकाले खुदसम्पत्ति घटेको हो । यसले गर्दा दिने प्रतिफलमा पनि कमी आएको छ । हाल वित्तीय विवरण सार्वजनिक गर्ने अधिकाँश म्युचअल फण्डको खुद सम्पत्ति घटेको देखिएको छ ।
गत वर्ष एनआईसी एसिया बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक र सानिमा बैंकलाई ४ अर्ब ८० करोड रुपैयाँ बराबरको म्युचअल फण्ड निष्कासन गर्न बोर्डले स्वीकृति दिएको थियो ।