उनले मन्त्रालय र मेलम्ची आयोजना स्वंयमको विश्वसनीयतामा माथि शंका उव्जिएकाले आफु गैरजिम्मेवार भएपनि समिति जस्तो सरकारी निकायमा गैरजिम्मेवार तर्क गरी समितिलाई गैरजिम्मेवार नबनाउन निर्देशन दिइन् ।
संघीय संसदकाे प्राविधिक तथा विकास समिति सभापति कल्याणी खड्काले मेलम्चीबारे गलत सन्देश गराएकाे प्रति खानेपानी सचिवलाइ प्रश्न उठाएकी छन् । मेलम्चीकाे अवस्थाबारे समितिलाइ जानकारी दिन तीन/तीन पटक बैठक बसेपनि अायाेजन पक्ष र मन्त्रालय गम्भिर नदेखिएकाे बताइन् ।
उनले हरेक समितिका बैठकमा उच्च पदस्थ व्यक्तिले मेलम्चीबारे गलत जानकारी गराएर समितिलाइ बदनाम गराएकाे प्रति खानेपानी सचिव र अायाेजना प्रमुखकाे ध्यानाकर्षण गराइन् ।
‘एउटै विषयमा बारम्वार छलफल र विवरण सुनाउनुको के अर्थ?’ उनले प्रश्न गरिन् ‘अन्योलता र समस्याको समाधानको विकल्प खोजेर योजना अघि बढाउनुपर्छ भन्नेमा समिति छ ।’
विभिन्न समयमा ठेकेदार कम्पनीसँगको सम्झौता पुरा गर्न र राष्ट्रिय गौरव आयोजनालाई अनिर्णयको बन्दी बनाउन नहुनेमा सभापति खड्काको जोड थियो । उनले मन्त्रालय र मेलम्ची आयोजना स्वंयमको विश्वसनीयतामा माथि शंका उव्जिएकाले आफु गैरजिम्मेवार भएपनि समिति जस्तो सरकारी निकायमा गैरजिम्मेवार तर्क गरी समितिलाई गैरजिम्मेवार नबनाउन निर्देशन दिइन् ।
केही महिनाअघि खानेपानी सचिव गजेन्द्र ठाकुरले दुइ महिनाभित्र मेलम्चीको पानी ल्याउने प्रतिवद्धता समितिकै बैठकमा गरेका थिए । त्यसपछि इटालियन ठेकेदार कम्पनी सीएमसीले आर्थिक अवस्था कमजोर भएको र भुक्तानी नपाएको भन्दै मेलम्ची साइटबाट भाग्यो । अहिले आयोजनाको काम प्रायः ठप्प छ ।
सोमबार मेलम्चीको पछिल्लो गतिविधिबारे जानकारी दिन आयोजित कार्यक्रममा खानेपानी सचिव गजेन्द्र ठाकुर र आयोजनाका कार्यकारी निर्देशक सुर्यराज कँडेलको उपस्थितिमा पछिल्लो अवस्था र विवरण सार्वजनिक गरियो । ठेकेदार भागेपछि आयोजना अब कसरी अगाडि बढ्छ भन्नेबारे आधिकारिक ठोस निर्णय गर्न सकेन् ।