कम्पनीले आयोजना प्रभावित क्षेत्र दोलखाको गौरीशंकर गाउँपालिकाका स्थानीय बासिन्दाले आईपीओ भर्न पाउने छन् । जसअनुसार गौरीशंकरको मार्वु, सुरी, चंखु, खारे, जुगु, झयाकु र विगुका स्थानीबासिन्दाले आईपीओ भर्न सक्ने काठमाडौं क्यापिटलले जनाएको छ ।
काठमाडौं । निजी क्षेत्रबाट प्रवर्द्धित ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडले माघ २२ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीयबासिन्दालाई १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
आईपीओ निष्कासन बन्द छिटोमा फागुन ७ र ढिलोमा सोही महिनाको २७ गते बन्द हुने छ । न्यूनतम २० देखि अधिकतम ९ हजार कित्तासम्म आवेदन दिन पाइने निष्कासन तथा बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र दोलखाको गौरीशंकर गाउँपालिकाका स्थानीय बासिन्दाले आईपीओ भर्न पाउने छन् । जसअनुसार गौरीशंकरको मार्वु, सुरी, चंखु, खारे, जुगु, झयाकु र विगुका स्थानीबासिन्दाले आईपीओ भर्न सक्ने काठमाडौं क्यापिटलले जनाएको छ ।
कम्पनीले कुल १ अर्ब ८० करोड रुपैयाँ बराबरको १ करोड ८० कित्ता मध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि १० प्रतिशत निष्कासन गर्न लागेको हो । १० प्रतिशत आईपीओ निष्कासनपछि कम्पनीको चुत्तापुँजी १ अर्ब ४४ करोड रुपैयाँबाट बढेर १ अर्ब ६२ करोड रुपैयाँ पुग्ने छ । सर्वसाधारणलाई १० प्रतिशत अर्थात १८ करोडको निष्कासन गरेपछि चुत्तापुँजी १ अर्ब ८० करोड रुपैयाँ पुग्ने कम्पनीले जानकारी दिएको छ ।
केयर नेपाल लिमिटेडले कम्पनीलाई आईपीओ ग्रेड ४ प्रमाणपत्र दिएको छ । कम्पनीले हाल ४० मेगावाटको खानीखोला ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाबाट आउदो चैतदेखि बिजुली उत्पादन हुने छ ।
आयोजना बनाउन ६ अर्ब ३९ करोड ३८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजनाको प्रतिमेगावाट लागत १५ करोड ९८ लाख रुपैयाँ हुने छ । आयोजनाबाट ७ वर्ष ४ महिनामा लगानी फिर्ता हुने छ ।