एलआईसी नेपालमा दास

जीवन बिमा कम्पनीमा २६ वर्ष काम गरेका दास यसअघि एलआईसी इन्डियामा वरिष्ठ प्रबन्धक (सिनियर म्यानेजर) का रुपमा क्रियाशील थिए ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा लक्ष्मीप्रसाद दास नियुक्त भएका छन् । उनलाई मङ्गलबारबाटै सीईओको जिम्मेवारी दिइएको एलआईसी नेपालले जानकारी दिएको छ ।

जीवन बिमा कम्पनीमा २६ वर्ष काम गरेका दास यसअघि एलआईसी इन्डियामा वरिष्ठ प्रबन्धक (सिनियर म्यानेजर) का रुपमा क्रियाशील थिए ।

एलआईसी इन्डियाको लगानी रहेको एलआईसी नेपालमा सीईओ भारतबाटै पठाउने गरिएको छ । उनले एलआईसी नेपालमा सीईओका साथै सञ्चालकको समेत कार्यभार सम्हाल्नेछन् । कम्पनीका सीईओ एसआर मिश्रको कार्यकाल सकिएपछि कायममुकायम सीईओका भरमा चलेको थियो ।

त्यसैगरी कम्पनीले अध्यक्षमा हेमन्त भार्गवलाई चयन गरेको छ । ३७ वर्षदेखि बिमा क्षेत्रमा क्रियाशील उनी हाल एलआईसी इन्डियाका कार्यकारी अध्यक्ष हुन् । एलआईसी नेपालका अनुसार यसअघि कम्पनीका सञ्चालक भीके शर्माले दिएको राजीनामा स्वीकृत भएको छ ।