कामना सेवा विकास बैंकद्वारा ह्विल चियर प्रदान

काठमाडौ : कामना सेवा विकास बैंक लिमिटेडले पोखरा हरियोखर्क स्थित कुष्ठरोग अस्पतालले कुष्ठ रोगका बिरामीहरुलाई ह्विल चियर प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ६६ औं विश्व कुष्ठरोग दिवसको अवसर पारेर लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउनसँगको सहकार्यमा सो सहयोग गरेको हो ।

बैंक नाफामुखी मात्र नभएर सामाजिक रूपमा पनि उत्तरदायी रहेको र हाल देशभरी आफ्ना ६४ वटा शाखा तथा १७ वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले मोबाइल बैंकिङ,सी आसबा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिंग सेवाहरु उपलब्ध गराउदै आएको तथा समय सापेक्ष सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको जनाएको छ ।