बेलायतमा पनि ग्लोबल आईएमई बैङ्क

नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले एल्डरसर्टस्थित सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । उक्त अवसरमा नेपालले नेपालमा सञ्चालित वाणिज्य बैङ्कमध्ये ग्लोबल आईएमई बैङ्कले पहिलोपटक बेलायतमा सम्पर्क कार्यालय खोल्न सफल भएकोमा बधाई एवम् सफलताको कामना गरे ।

ग्लोबल आईएमई बैङ्कले आइतबारदेखि बेलायतकोे एल्डरसर्टमा सम्पर्क/प्रतिनिधि कार्यालय सञ्चालनमा ल्याएको छ । बैङ्कले नेपालमा सञ्चालित वाणिज्य बैङ्कमध्ये पहिलो पटक बेलायतमा सम्पर्क कार्यालय विस्तार गरेको हो ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले एल्डरसर्टस्थित सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । उक्त अवसरमा नेपालले नेपालमा सञ्चालित वाणिज्य बैङ्कमध्ये ग्लोबल आईएमई बैङ्कले पहिलोपटक बेलायतमा सम्पर्क कार्यालय खोल्न सफल भएकोमा बधाई एवम् सफलताको कामना गरे । कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले ग्लोबल आईएमई बैङ्कले देशभित्र मात्र नभएर देशबाहिरसमेत प्रदान गरिरहेका सेवासुविधाको प्रशंसा गरे ।

कार्यक्रममा बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्कले बेलायतमा सम्पर्क कार्यालय खोलेर हासिल गरेको नयाँ उपलब्धिले नेपालको आर्थिक विकासमा नयाँ तरङ्ग ल्याउने विश्वास व्यक्त गरे । बैङ्कले देशभित्र सातै प्र्रदेशमा आफ्नो सेवा विस्तार गरिसकेको र देशबाहिर पनि अन्य धेरै मुलुकमा आफ्नो सम्पर्क÷प्रतिनिधि कार्यालय सञ्चालन गरेर सम्पूर्ण नेपालीमाझ बैङ्क सेवा प्रदान गर्न प्रतिबद्ध जानकारी दिए । विदेशमा पनि शाखा कार्यालय विस्तारमा अगाडि बढ्नेसमेत उनको भनाइ छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले सम्पर्क/प्रतिनिधि कार्यालय विस्तारमा सहयोग पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।