अन्तर बैङ्क ब्याजदर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैङ्कको हस्तक्षेप, बिहीबार बजारमा ५ अर्ब पठाउँदै

बैङ्कहरुले सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणमा कर्जा निक्षेप अनुपात औसत ७८ प्रतिशत हारहारीमा देखिएको छ । अधिकांश बैङ्कहरु थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । राष्ट्रिय वाणिज्य बैङ्क मात्र सीसीडी रेसियो ७० प्रतिशतको हाराहारीमा छ ।

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबार थप ५ अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । बैङ्किङ प्रणालीमा तरलता कम भएपछि केन्द्रीय बैङ्कले रिपोमार्फत बजारमा पैसा पठाउन लागेको हो । केन्द्रीय बैङ्कले एक साताका लागि बजारमा पैसा पठाएको हो । रिपो माघ २४ गते परिपक्व हुने छ ।

बैङ्कमा लगानीयोग्य पुँजी कम भई अन्तर बैङ्क ब्याजदर ५ प्रतिशत नाघेपछि बजारमा पैसा पठाउन लागिएको राष्ट्र बैङ्क अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए । उनका अनुसार बुधबारसम्म बैङ्किङ प्रणालीमा अनिवार्य नगद अनुपातबाहेक ३४ अर्ब रुपैयाँ तरलता छ । ‘अन्तर बैङ्क ब्याजदर बढेर ५ प्रतिशत सीमा नाघेपछि ब्याजदर करिडोरअन्तर्गत बजारमा पैसा पठाउन लागिएको हो,’ उनले भने । बजारमा तरलता रहेपनि बैङ्कहरुले अन्तर बैङ्क कारोबार बढाएको उनको भनाइ छ ।

बजारमा तरलता कम भएपछि यसअघि केन्द्रीय बैङ्कले २ पटक गरी १० अर्ब रुपैयाँ बजारमा पठाएको थियो । बैङ्कहरुले सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणमा कर्जा निक्षेप अनुपात औसत ७८ प्रतिशत हारहारीमा देखिएको छ । अधिकांश बैङ्कहरु थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । राष्ट्रिय वाणिज्य बैङ्क मात्र सीसीडी रेसियो ७० प्रतिशतको हाराहारीमा छ ।

३ वर्षयता बैङ्किङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव चर्किएको छ । केन्द्रीय बैंकले अनियवार्य नगद अनुपातको सीमा घटाउदा र विदेशबाट ऋण लिन बाटो खुला गरेको छ । बैंकले विदेशबाट ऋण ल्याउन सकेका छैनन् । बैङ्कले मुद्धतिको ब्याजदर बढाएपछि निक्षेप लागत औसत ८ प्रतिशत र आधार दर ११ प्रतिशत हारहारीमा छ ।

वार्षिक बिन्दुगत आधारमा गत मङ्सिरमा बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप १९.८ प्रतिशत बढेको छ । बैङ्क तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २४.१ प्रतिशत बढेको छ । बैङ्क तथा वित्तीय संस्थाले १ खर्ब ७६ अर्ब २६ करोड रुपैयाँ निक्षेप परिचालन गरेर २ खर्ब ४४ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको केन्द्रीय बैङ्कले जनाएको छ । चालू आर्थिक वर्षमा केन्द्रीय बैङ्कले २० प्रतिशत कर्जा सीमा तोकेकोमा ६ महिनामा नाघेको छ ।

आर्थिक वर्षको पाँच महिनामा खुलाबजार कारोबारका विभिन्न उपकरणमार्पmत् पटक–पटक गरी १ खर्ब ३५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको छ । यसअनुसार निक्षेप सङ्कलन बोलकबोलमार्फत् ७९ अर्ब ६५ करोड र रिभर्स रिपोमार्पmत २० अर्ब ७० करोड तरलता प्रशोचन भएको छ ।