उत्पादन जोखिम कम गर्न सहकारीका माध्यमबाट बिमामा जान सरकारले नीति बनाउने डा. युवराज खतिवडाको भनाइ छ ।
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले सहकारीका माध्यमबाट कृषिजन्य वस्तुको जोखिम घटाउन लघु बिमा कम्पनी खोलेर अघि बढ्न सहयोग गरिने बताएका छन् । उत्पादन जोखिम कम गर्न सहकारीका माध्यमबाट बिमामा जान सरकारले नीति बनाउने उनको भनाइ छ ।
नेपाल कृषि सहकारी केन्द्रीय संघको ११ औं साधारणसभामा खतिवडाले यस्तो बताएका छन् । बजार जोखिम कम गर्न र उत्पादन घटाउन सामूहिक रुपमा सहकारीमा जानुपर्नेमा उनले जोड दिए ।
कृषि सहकारी हुँदै नेतृत्वमा पुग्न सकिने भएकाले सरकारले कृषि सहकारीलाइ विश्वास गरेको बताए । सहकारी, निजी क्षेत्र, साना किसानलाई सदैव सहयोग र सहकार्य गर्न चाहेको उनको भनाइ छ ।