गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणमा पुगे उपराष्ट्रपति (फोटो फिचरसहित)

नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवलमा आयोजित प्रथम औद्योगिक व्यापार मेला एवम् लोक सांस्कृतिक पर्यटन महोत्सव उद्घाटन गर्न भैरहवा पुगेका उपराष्ट्रपति पुनले विमानस्थलको अवलोकन गरेका हुन् ।

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेका छन् । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवलमा आयोजित प्रथम औद्योगिक व्यापार मेला एवम् लोक सांस्कृतिक पर्यटन महोत्सव उद्घाटन गर्न भैरहवा पुगेका उपराष्ट्रपति पुनले विमानस्थलको अवलोकन गरेका हुन् ।

सेप्टेम्बरभित्रमा सञ्चालनमा ल्याउने तयारीका साथ निर्माण भइरहेको सो विमानस्थलको निर्माण कार्य तीव्र गतिमा अगाडि बढाउन उपराष्ट्रपति पुनले अनुरोध गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा लिइएको सो विमानस्थल निर्धारित समयमै सञ्चालनमा ल्याउनुपर्नेमा उनको जोड छ ।

उक्त अवसरमा हालसम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिएका छन् । आयोजनाको काम तीव्र गतिमा बढिरहेको र निर्धारित समयमै काम सम्पन्न गर्ने गरी तयारी भइरहेको उनले बताए ।