
कानुनले व्यवस्था गरेको सेवासुविधा खोसिएको भन्दै विभिन्न कर्मचारी सङ्गठनले देशभरका होटल तथा रेस्टुरेन्ट बन्द गर्ने भएका हुन् । उनीहरुले आज एक विज्ञप्ति निकाल्दै तत्काल रेबानले गरेको निर्णय फिर्ता नलिए देशभरका होटल तथा रेस्टुरेन्ट बन्द गर्ने चेतावनी दिएका हुन् ।
काठमाडौं : रेस्टुरेन्ट तथा होटल एसोसिएसनले उपभोक्ताबाट लिँदै आएको १० प्रतिशत सेवा शुल्क नलिने निर्णय गरेपछि आन्दोलित कर्मचारीले २२ गतेबाट सम्पूर्ण होटल तथा रेस्टुरेन्ट बन्द गर्ने भएका छन् ।
कानुनले व्यवस्था गरेको सेवासुविधा खोसिएको भन्दै विभिन्न कर्मचारी सङ्गठनले देशभरका होटल तथा रेस्टुरेन्ट बन्द गर्ने भएका हुन् । उनीहरुले आज एक विज्ञप्ति निकाल्दै तत्काल रेबानले गरेको निर्णय फिर्ता नलिए देशभरका होटल तथा रेस्टुरेन्ट बन्द गर्ने चेतावनी दिएका हुन् ।
कामदारले खाइपाइ आएको सेवासुविधा रेबानले खोसेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । मजदुर सङ्गठनले श्रम ऐन २०७४ को दफा ३४ (३) र दफा १७८ (३) विपरीत गएर निर्णय गरेको भन्दै तत्काल फिर्ता लिन चेतावनी दिएको छ ।
सेवा शुल्कबाति उठाउँदै आएको रकमबाट कर्मचारीले आफ्ना सङ्गठन चलाउँदै आएका थिए । ‘उनीहरुको सङ्गठन चलाउन उपभोक्ताले अहिलेसम्म पैसा बुझाउँदै आएका थिए । अब त्यो खोसियो, त्यही भएर उनीहरु आक्रोशित हुनु स्वभाविकै हो,’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले भने, ‘उनीहरुको सङ्गठन चलाउन उपभोक्ताले पैसा दिनुपर्ने ?’