अर्थमन्त्री डा युवराज खतिवडाले कोरीडोरलाई देशको आर्थिक विकास सँग जोड्ने भएकाले यसको निर्माण तीव्र रुपमा हुनुपर्ने बताए सरकारले राष्ट्रिय गौरवको आयोजनालाई मुख्य प्राथमिकतामा राखेकाले यसका लागि आवश्यक साधन तथा स्रोतकोे अभाव हुन नदिने उनको तर्क छ ।
काठमाडौंं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्र्तग बागलुङ खण्डमा १० मिटर चौडा पार्ने कार्य सुरु भएको छ ।
कालाखोला बगरमा शनिवार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सडक चौडा गर्ने कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।
मन्त्री ज्ञवालीले कालीगण्डकी करिडोरलाई पर्यटकी र धार्मिक आस्थाका आधारमा विकास गर्नुपर्ने बताएका छन् । दुई छिमेकी भारत र चिनका धार्मिक पर्यटकहरुको मुख्य मार्गको रुपमा कोरिडोरलाई विकास गर्नुपर्नेमा उनको जोड थियो । उनले त्रिदेशीय सिधा सम्पर्क निर्माण गरी चीन र भारतमा आयात–निर्यातका साथै पर्यटकको आगमनका लागि करिडोरले ठूलो भूमिका रहने बताए ।
त्यस्तै उद्घाटन कार्यक्रमका अवसरमा बोल्दै अर्थमन्त्री डा युवराज खतिवडाले कोरीडोरलाई देशको आर्थिक विकास सँग जोड्ने भएकाले यसको निर्माण तीव्र रुपमा हुनुपर्ने बताए सरकारले राष्ट्रिय गौरवको आयोजनालाई मुख्य प्राथमिकतामा राखेकाले यसका लागि आवश्यक साधन तथा स्रोतकोे अभाव हुन नदिने उनको तर्क छ ।
कालीगण्डकी करिडोरको स्तरोन्नति गर्न नेपाल सरकारले २० करोड बजेट विनियोजन गरेको छ । यो सडक नेपाली सेनाले निर्माणको जिम्मा पाएको छ । तत्कालका लागि बागलुङ खण्डमा मालढुङ्गादेखि बलेवा विमानस्थलसम्म १० किलोमिटरलाई १० मिटर सडक चौडा पार्ने कार्य हुनेछ । आगामी असार मसान्त सम्म खण्डको काम सकेर कालोपत्रेका लागि सडक विभागलाई हस्तान्त्रण गर्ने योजना रहेको छ ।
चीनको कोरलादेखि भारतको सुनौली नाका जोड्ने ४३५ किमीको दूरीको यो सडक त्रिदेशीय व्यापार तथा पारवाहनमा महत्वपूर्ण नाका बन्नेछ । यो सडकले कोरलादेखि म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी हुँदै भारत जोड्नेछ