देशका मुख्य सहरलाई लक्ष्य गर्दै कम्पनीले चाउचाउ उत्पादन गर्नेछ । विशेषगरी कम्पनीले विराटनगर, जनकपुर, चितवन, पोखरा, काठमाडौंलगायत सहरलाई केन्द्रमा राखेर उत्पादन बजारमा ल्याउन लागेको हो । हाल कम्पनीले रमपम, फटाफट, पिकभिकलगायतका वस्तु उत्पादन गर्दै आएको छ । केही महिनादेखि टूपीएम पनि थपिने शारडाले जानकारी दिए
युवापुस्तामाझ लोकप्रिय रहेको चाउचाउ टूपीएम ‘रिभाइभ’ हुने भएको छ । सन् २००६ मा उत्पादन भएर बजारमा आएको चाउचाउ केहि बर्षपछि बन्द भएको थियो ।
एसियन थाइ फुडद्वारा उत्पादित चाउचाउ टूपीएमलाई नयाँ स्वाद र आकर्षक प्याकमा कम्पनीले बजारमा उतार्न लागेको हो । कम्पनीले प्राविधिक कारणले टूपीएम ब्रान्को उत्पादन बन्द गरेको थियो । कम्पनीले वशाखदेखि टूपीएम ब्रान्डलाई बजारमा पुनः प्रवेश गराउन लागेको हो ।
शारडा गु्रप र जाजु समूहको लगानीमा रहेको एसियन थार्इ फुड्सले टूपीएमलाई त्यो बेला आक्रमक रूपमा बजारमा उतारेको थियो । कम्पनीले अहिले अहिले पुनः बजारमा आक्रमक शैलीमै आउने जनाएको छ ।
शारडा ग्रूपका अध्यक्ष शिवरतन शारडाले टूपीएमलाई नयाँ स्वाद र आकर्षक प्याकमा बजारमा ल्याउन लागेको बताए । ‘सहरी युवापुस्तामाझ यो चाउचाउ लोकप्रिय थियो, अहिले बल्ल यसको बजार देखिदै छ, त्यसैले रिलन्चिङ गर्दैछौं,’ उनले भने ।
टूपीएम उत्पादनका लागि थप लगानी तथा नयाँ मेसिन राख्नु नपर्ने कम्पनीले जनाएको छ । पुरानै मेसिनबाट चाउचाउ उत्पादन गर्न सकिने भएकाले आगामी वैशाखसम्म उत्पादन बजारमा आउने शारडाले बताए ।
अहिले एसयन थार्इ फुड्सले रमपम, प्रिती, रमपम गुन्द्रुक, फटाफट, कुरमकुरा, क्रेजी चिज बल्स, मितेरी उत्पादन गर्दे आएको छ ।
देशका मुख्य सहरलाई लक्षित गर्दै कम्पनीले चाउचाउ उत्पादन गर्नेछ । विशेषगरी, विराटनगर, जनकपुर, चितवन, पोखरा, काठमाडौंलगायतका सहरलाई केन्द्रमा राखेर उत्पादन बजारमा ल्याउन लागेको हो ।
‘टूपीएम उत्पादन गर्न कम्पनीले ‘एक्स्ट्रा’ लगानी गर्नुपर्दैन,’ उनले भने, ‘त्यही भएर पनि कम्पनीले यसका लागि प्रक्रिया अघि बढाएको हो ।’
कम्पनीको मुख्य उत्पादन रमपम भारत, भुटान, बङ्गलादेशलगायत युरोपसम्म निर्यात हुने गर्छ ।
शारडा ग्रुपले चाउचाउबाहेक विभिन्न खाद्य वस्तु उत्पादन गर्दै आएको छ । त्यसका अलावा जलविद्युत्, आयोजना, सिमेन्ट उद्योग, स्प्रिट उत्पादन, बिस्कुट, जुस, मदिरा उत्पादनलगायतका वस्तु उत्पादन गर्दै आएको छ । त्यसैगरी, अटोमोबाइल्स क्षेत्रमा पनि शारडा ग्रुपले आफूलाई अग्रस्थानमा ल्याएको शारडाले जानकारी दिए ।