बैङ्कको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफामा सुधार आए पनि नाफामा भने सामान्य सुधार मात्र देखिएको बैङ्कले प्रकाशित गरेको विवरणमा उल्लेख छ । बैङ्कले खुद ब्याज आम्दानी तीन अर्ब १६ करोड ७२ लाख ४९ लाख रूपैयाँ गरेको छ ।
काठमाडौँ । नेपाल बैङ्कले चालू आर्थिक वर्षको छ महिनामा एक अर्ब ६६ करोड १४ लाख ९८ हजार रूपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैङ्कले एक अर्ब ६३ करोड ८४ लाख ५९ हजार रूपैयाँ नाफा कमाएको थियो । गत आवको छ महिनाको तुलनामा चालू आवको छ महिनामा बैङ्कले १.४० प्रतिशत बढी नाफा कमाएको हो ।
बैङ्कको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफामा सुधार आए पनि नाफामा भने सामान्य सुधार मात्र देखिएको बैङ्कले प्रकाशित गरेको विवरणमा उल्लेख छ । बैङ्कले खुद ब्याज आम्दानी तीन अर्ब १६ करोड ७२ लाख ४९ लाख रूपैयाँ गरेको छ । गत आवको छ महिनामा बैङ्कले दुई अर्ब ९४ करोड तीन लाख २९ हजार रूपैयाँ ब्याज आम्दानी गरेको थियो ।
नौ अर्ब ८१ करोड ११ लाख ४८ हजार रूपैयाँ चुक्ता पुँजी रहेको बैङ्कको जगेडा कोषमा १९ अर्ब ६५ करोड १४ हजार रूपैयाँ छ । बैङ्कले एक खर्ब पाँच अर्ब ६७ करोड ८२ लाख ८६ हजार निक्षेप सङ्कलन गरी ८५ अर्ब ७९ करोड ८४ लाख ७२ हजार रूपैयाँ ऋण लगानी गरेको विवरणमा उल्लेख छ ।
गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमासमा बैङ्कको खराब कर्जा ३.२३ प्रतिशतबाट घटेर २.७४ प्रतिशतमा झरेको छ । बैङ्कको प्रतिसेयर आम्दानी ३३ रूपैयाँ छ ।