हिमालय ऊर्जा र नेपाल एग्रो लघुवित्तले साढे १६ करोडको आईपीओ निष्कासन गर्दै

हिमालय ऊर्जा विकास कम्पनी लिमिटेड र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले १६ करोड ४७ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको १६ लाख ४७ हजार ७७८ कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् ।

काठमाडौं । लघुवित्त र जलविद्युत गरी दुई कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेड र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले १६ करोड ४७ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको १६ लाख ४७ हजार ७७८ कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् ।

हिमालय ऊर्जाले १४ अर्ब ८५ करोड रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले दुई साताभित्र आईपीओ निष्कासन गर्ने प्रवन्धक प्रकाश दुलालले बताए । उनले केही प्रक्रिया पुरा गर्न बाँकी रहेकाले १५ दिन लाग्ने जानकारी दिए ।

यस्तै नेपाल एग्रो लघुवित्तले १ करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको १ लाख ६१ हजार ७७८ कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ ।

चालु आर्थिक वर्ष सुरु भएयता एक दर्जन कम्पनीले ३ अर्ब ७४ करोड ५८ लाख २५ हजार रुपैयाँ बराबरको ३ करोड ७४ लाख ५८ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएका छन् ।

विभिन्न १८ कम्पनीले ३ अर्ब ६० करोड ५८ लाख ७८ हजार ९०० रुपैयाँ बराबरको ३ करोड ६० लाख ५८ हजनार ७८९ कित्ता आईपीओ पाइपलाइनमा रहेका छन् ।