अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक रामेश्वर यादव र डा. जीवेन्द्र झा, तत्कालीन महाप्रबन्धक युगलकिशोर साह र चिरन्जीवी पौडेलका साथै अष्टरत्न शाक्य, विद्युत् पौडेल, सेन्धु यादव, मनोजकुमार बराल, रामबिजुल मण्डल र सुरेन्द्र पनेरुका विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सोको विरुद्ध उनीहरु सर्वोच्चमा गएका थिए ।
काठमाडौं । चीन र थाइल्यान्डबाट ट्रान्सफर्मर खरिदमा भएको भ्रष्टाचार मुद्दाको बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको संयुक्त इजलासमा सो मुद्दाको सुनुवाइ हुँदै छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक रामेश्वर यादव र डा. जीवेन्द्र झा, तत्कालीन महाप्रबन्धक युगलकिशोर साह र चिरन्जीवी पौडेलका साथै अष्टरत्न शाक्य, विद्युत् पौडेल, सेन्धु यादव, मनोजकुमार बराल, रामबिजुल मण्डल र सुरेन्द्र पनेरुका विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सोको विरुद्ध उनीहरु सर्वोच्चमा गएका थिए ।
५ वर्षअघि ट्रान्सफर्मर खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन कार्यकारी निर्देशक यादव, पूर्वकार्यकारी निर्देशक झा, महाप्रबन्धक द्वय साह र पौडेललगायत २२ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको थियो ।
त्यसबेला चीन र थाइल्यान्डबाट खरिद गरिएका विद्युतीय ट्रान्सफर्मरमा तामाको तार हुनुको सट्टा आलमुनियम भेटिएपछि भ्रष्टाचार भएको ठहर गर्दै खरिदमा संलग्न सबैमाथि मुद्दा चलाइएको हो ।
यस्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गठन गरेको पूर्णइजलासमा एनसेलले ६० अर्ब रुपैयाँ लाभकर छलेको विषयमा बुधबार पनि सुनुवाइ हुने भएको छ । मङ्गलबारदेखि सुरु भएको सुनुवाइ बुधबार पनि जारी हुने भएको हो ।