ब्याजदर बढेको विरुद्धमा व्यवसायीले आन्दोलन गर्ने

सुर्खेत उद्योग वाणिज्य सङ्घले ब्याजदर सच्याउन तयार नभए बिहीबारदेखि बैंक बहिष्कार गर्ने निर्णय गरेको छ । निजी बैंकले एकपक्षीय ब्याजदर निर्धारण गरेको भन्दै व्यवसायीले आपत्ति जनाएका छन् ।

सुर्खेत । बैंकले बढाएको ब्याजको विरोधमा सुर्खेतका व्यवसायी आन्दोलनमा उत्रिने भएका छन् । सुर्खेत उद्योग वाणिज्य सङ्घले ब्याजदर सच्याउन तयार नभए बिहीबारदेखि बैंक बहिष्कार गर्ने निर्णय गरेको छ ।

निजी बैंकले एकपक्षीय ब्याजदर निर्धारण गरेको भन्दै व्यवसायीले आपत्ति जनाएका छन् ।सङ्घका अध्यक्ष धनबहादुर रावतले चर्को ब्याजदरका कारण व्यवसायी पलायन हुनुपर्ने अवस्था निम्तिएको बताए । “नौ प्रतिशतमा लिएको बैंक कर्जाको ब्याज एकाएक १३   प्रतिशतसम्म पु¥याउँदा व्यवसायी सङ्कटमा प¥यौँ”, उनले भने, “उत्पादनमूलक उद्योगका लागि प्रवाह गर्ने ऋणमा सात प्रतिशत र व्यावसायिक क्षेत्रमा नौ प्रतिशतमा नबढाई ब्याजदर कायम नगरे निजी क्षेत्र नै धराशायी हुने निश्चित छ ।” रासस