नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेड र हाम्रो विकास बैंकको गरी ३२ लाख १८ हजार १३७ कित्ता सेयर सुचिकृत भएको हो ।
काठमाडौं । विभिन्न ३ वटा बैंक तथा वित्तीय संस्थाको हकप्रद र बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचिकृत भएका छन्। नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेड र हाम्रो विकास बैंकको गरी ३२ लाख १८ हजार १३७ कित्ता सेयर सूचिकृत भएको हो ।
नयाँ नेपालको ६ लाख कित्ता र सिटी एक्सप्रेसको २५ लाख कित्ता हकप्रद र हाम्रो विकासको १ लाख १८ हजार १३७ कित्ता बोनस सेयर कारोबार हुने नेप्सेले जनाएको छ ।