काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी व्यारेक निर्माणको शिल्यान्यास गरिएको छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले एक कार्यक्रमका बिच बिहिबार शिल्यान्यास गरिएको हो ।
२०७७ भदौ महिना भित्रमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको सो भवनको लागत ६ करोड ५० लाख १९ हजार १ सय ९० रुपैया रहेको छ । प्रहरी ब्यारेक ३ सय जना क्षमताको रहेको छ । भवन निर्माणको जिम्मा बंगलामुखी र टीडीआर जेभीले लिएको छ ।