मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गर्ने कार्यक्रममा सु्चना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले विभिन्न पाँचओटा आयोजनाका लागि बन क्षेत्रको प्रयोग गर्ने दिने निर्णय भएको बताएका हुन ।
काठमाडौं । सरकारले पाँच ओटा परियोजनालाई बन क्षेत्रको प्रयोग गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गर्ने कार्यक्रममा सु्चना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले विभिन्न पाँचओटा आयोजनाका लागि बन क्षेत्रको प्रयोग गर्ने दिने निर्णय भएको बताएका हुन ।
चिलिमे—त्रिशुली १३२/२२० केभी प्रशारण लाइन, महाकाली सिँचाइ आयोजना, १४ मेगावाटको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना, १० मेगावाटको मकरी गाड जलविद्युत् आयोजना, १३२÷३३ बुर्तिबाङ—पौदीअमराइ—तम्घास—सन्धीखर्क—गोरुसिंगे सवस्टेशन निर्माणका लागि आवश्यक बन क्षेत्रको प्रयोगका लागि बाटो खुलेको हो