बुधबार सिंगापुरमा नेपाली टोलीसँगको वार्तामा ठेकेदार कम्पनीसँगको छलफल सकारात्मक नभएपछि सीएमसीसँगको ठेक्का तोडिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
काठमाडौ । मेलम्चीबाट टाट पल्टिएर भागेको इटालियन ठेकेदार कम्पनी सीएमसीले अन्ततः ठेक्का औपचारिक रुपमा तोडेको छ । बुधबार सिंगापुरमा नेपाली टोलीसँगको वार्तामा ठेकेदार कम्पनीसँगको छलफल सकारात्मक नभएपछि सीएमसीसँगको ठेक्का तोडिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
यसअघि सरकारले कम्पनीलाई आयोजनामा फर्कन १४ दिनको अल्टिमेटम दिएको थियो । सीएमसीसँगको ठेक्का तोडिएको आयोजनाका कार्यकारी निर्देशक सुर्यराज कँडेलले बताए ।
सीएमसीसँगको ठेक्का तोडिएसँगै मेलम्ची थप अन्योलमा परेको छ ।