क्रिकेट रंगशाला निर्माणलाई सहयोग जुटाउन मलेसियामा धुर्मुस–सुन्तली साँझ ( ८ तस्विरमा सहित हेर्नुस)

काठमाडौ । भरतपुरको चितवनमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई सहयोग जुटाउन हास्य कलाकर सिताराम कट्टेल(धुर्मुस) र कुन्जना घिमिरे(सुन्तली ) मलेसियाको विभिन्न सहरमा पुगेका छन् । धुर्मुस–सुन्तली साँझको आयोजना गर्र्दैै उनिहरु मलेसिया पुगेका हुन् । झन्डै तिन अर्बको अनुमानित लागतमा निर्माण हुने भनिएको रंगशाला निर्माणमा मलेसियाबाट राम्रो साथ सहयोग पाउने विश्वास धुर्मुस सुन्तलीले व्यक्त गरेका छन ।

‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ–२०७५’ नाम दिइएको सो कार्यक्रममा धुर्मस सुन्तली सगै चर्चित लोक गायक बद्धी पंगेनी, चर्चित आधुनिक गायीका मेलिना राई ,चर्चित लोक गायीका सम्झना भण्डारी र कार्यत्रम प्रस्तोता यामजोङ्ग को सहभागिता रहेको छ । सिटी एक्सप्रेसले रंगशाला निर्माणाको सहयोगका लागि मलेसियाको तिन शहरमा ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ–२०७५’ को आयोजना गरेको हो ।

क्वालालम्पुरमा पहिलो शो फेब्रुरुअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुरुअरी ६ मा पेनाङ एसटी एन्नी चर्चमा भएको छ । उक्त दुई शो मा धुर्मुस सुन्तलीको अभिनयलाई दर्शकले भरपुर मनोरन्जन लिएका छन । क्वालालम्पुर र पेनाङ पश्चात फेब्रुअरी १० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुने आयोजकले जनाएको छ । जोहर बारुमा अन्तिम कार्यक्रम हुने आयोजकले जनाएको छ ।