६१ मेगावाट क्षमताका दुई जलविद्युत आयोजना निर्माण हुदै

संखुवासभामा ४०.८२ मेगावाटका कोलुवाखोला र ओखलढुङामा २१ मेगावाटको आयु मुलुनखोला जलविद्युत आयोजना निर्माण हुन लागेका हुन् ।

काठमाडौं । सार्वजनिक र निजी लगानीमा ६१ मेगावाट क्षमताका दुई जलविद्युत आयोजना निर्माण हुने भएका छन् । संखुवासभामा ४०.८२ मेगावाटका कोलुवाखोला र ओखलढुङामा २१ मेगावाटको आयु मुलुनखोला जलविद्युत आयोजना निर्माण हुन लागेका हुन् ।

दुबै आयोजनको निर्माणअघिको प्रारम्भीक काम सुरु भएका छन् । वातावरणीय प्रभाव मुल्याँकन र प्रारम्भीक वातावरणीय परीक्षणको काम सुरु हुन लागेको छ । यस्तै पुवाखोला वान हाइड्रोपावर लिमिटेडले आयु मलुनखोला आयोजना अघि बढाउन लागेको हो ।

विद्युत विकास विभागले अध्ययन सुरु गरेको संखुवासभा १ आयोजना सिलिङचोङ गाउँपालिकामा रहेको छ ।आयु मोलन खोला आयोजना ओखलढुङको मोलुङ गाउँपालिकामा रहेको छ ।

विभागले केलुवा खोलामा १४ मिटर लामो १.३ मिटर लामो बाँध निर्माण ५ किलोमिटर लामो सुरुङबाट संखुवासभा खोलामा पानी झार्ने योजना छ । आयोजनाको काम अघि बढाएको हो । आयोजनाले २२ हेक्टर जमिन उपयोग गर्ने छ ।

यसैगरी आयु मलुन खोला आयोजनामा १ हजार ६२० मिटर लामो पाइपबाट पानी खसालेर बिजुली उत्पादन हुने छ । दुबै आयोजनाको विस्तृत इन्जिनियरिङको काम भइरहेको छ । निजी लगानीमा ५०० मेगावाट बिजुली उत्पादन भइसकेको छ ।