डडेलधुराको नवदुर्गा गाउँपालिका प्रभु बैङ्क

गाउँपालिकाका अध्यक्ष बिष्टले प्रभु बैङ्कले गाउँगाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुसी प्रकट गर्दै सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध भएको बताए ।

डडेलधुरा जिल्ला को नवदुर्गा गाउँपालिकामा आइतबारबाट प्रभु बैङ्कले शाखा कार्यालय खोलेको छ । संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैङ्कको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गाउँमा बैंकिङ पहुँच पु¥याउने उद्देश्यका साथ शाखा सञ्चालन गरिएको जनाएको छ ।

वडा नं. ४ मा सञ्चालनमा आएको नवदुर्गा शाखा कार्यालयको गाउँपालिकाका अध्यक्ष कवीन्द्र बिष्टले उद्धघाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा डडेलधुरा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ डडेलधुराका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

गाउँपालिकाका अध्यक्ष बिष्टले प्रभु बैङ्कले गाउँगाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुसी प्रकट गर्दै सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध भएको बताए ।

नवदुर्गा शाखा कार्यालयबाट सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैङ्कको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैङ्कको विश्वास रहेको उल्लेख गरेको छ ।