राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको मेलम्चीमा काम गरेको सीएमसीले नेपाली ठेकेदारमार्फत काम गराएबापत दिनुपर्ने भुक्तानी नदिइ आयोजनाबाट हात झिकेको छ ।
काठमाडौं ।इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी एण्ड सिमिष्ट्री(सीएमसीले) मेलम्चीमा काम गराएका २८ ओटा ठूला निर्माण कम्पनी तथा व्यवसायीको भुक्तानी अलपत्र पारेको छ । राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको मेलम्चीमा काम गरेको सीएमसीले नेपाली ठेकेदारमार्फत काम गराएबापत दिनुपर्ने भुक्तानी नदिइ आयोजनाबाट हात झिकेको छ ।
सीएमसीले आयोजना छाडेको जानकारी गराएपछि सो आयोजनामा काम गर्ने ठेकेदार तथा व्यवसायीको भुक्तानी अलपत्र परेको हो । आफुहरुले आयोजनामा काम गरेको भुक्तानी पाउनुपर्ने भन्दै निर्माण व्यवसायीहरुले सरकारलाई गुहारेको छन् ।
सीएमसी भागेपछि नेपाली ठेकेदारहरुले पाउनुपर्ने भुक्तानी नपाएपछि विचल्ली नै भएको निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले बताए । व्यवसायीले पाउनुपर्ने सम्पूर्ण भुक्तानी सम्पूर्ण जिम्मेवारी सम्वन्धित आयोजना र सरकारले लिनुपर्ने उनको माग छ ।
‘निर्माण व्यवसायीले सरकार र सीएमसीसँग सम्झौता गरेका छन् । भुक्तानीको दाबी गर्ने सीएसमी सँग नै हो तर, उस्ले ठेक्का तोडेपछि भागेपछि त सरकारले नै भुक्तानीको लागि पहल गुर्नपर्छ’ उनले भने, ‘यदि सरकार र आयोजना पक्षले पहल नगर्ने हो र नेपाली निर्माण व्यवसायीलाई जोगिने स्थिति रहन्न ।’
उनले मेलम्चीमा सीएमसीले नेपाली ठेकेदारलाई झन्डै १४० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताए । सीएमसीले आयोजनामा ठेक्का रद्ध गरेपछि आफ्नो भुक्तानी नपाइने हो कि भन्ने पिरलो व्यवसायीमा छ । उनीहरुले भुक्तानी पाउनका लागि मेलम्ची खानेपानी आयोजना संघर्ष समिति समेत गठन गरेका छन् ।
यस्ता छन् भुक्तानी पाउने नेपाली कम्पनीः
१. पाटन औद्योगिक क्षेत्र स्थित विरा मोटर्स, शुरेस जनरल उड एण्ड स्टील इण्ड्रष्टिज, विरा फर्निचरको तर्फबाट दिनेश श्रेष्ठ
२. सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका—१३ स्थित जाल्पा इन्फ्राष्ट्रक्चर प्रालिको तर्फबाट किरण थापा
३. उत्सव निर्माण सेवाका तर्फबाट उत्तम कुमार श्रेष्ठ
४. राधा कृष्ण हार्डवेयर सेन्टरको तर्फबाट राधा कृष्ण श्रेष्ठ
५. रोशनी निर्माण एन्ड सप्लायर्स प्रालिका तर्फबाट बुद्ध श्रेष्ठ
६. बाहुन पार्टी निर्माणको सेवाको तर्फबाट गंगालाल श्रेष्ठ
७. खनाल सप्लायर्सको तर्फबाट भिमसेन खनाल
८. राजन एण्ड राजेश मोवाइल हाउसको तर्फाट राजुन श्रेष्ठ
९. कोहिनुर इन्टरनेशनलको तर्फबाट सुरेन्द्र सिग्देल
यीबाहेक अन्य १९ ओटा नेपाली व्यवसायीले सीएमसीबाट भुक्तानी लिन बाँकी छ । भूकम्प र नाकाबन्दीका कारण आयोजनाको काम अघि नबढेपछि सीएमसीले २ अर्ब रुपैयाँ घाटा लागेको भन्दै क्षतिपूर्ति माग गरेको थियो ।
सरकार, सीएमसी र आयोजना पक्षबीचको ३६ करोड रुपैयाँ क्षतिपूर्तिबापत दिने सहमति भयो । सीएमसीले उक्त क्षतिपूर्ति नदिएसम्म आयोजनाको काम अघि बढ्न नसक्ने र ठेक्का तोड्ने पटक पटक जानकारी गराएपनि आयोजना पक्षले भने मेलम्चीको सवै काम सम्पन्न भएपछि मात्रै क्षतिपूर्तिबापतको रकम दिने सर्त राख्यो । फलस्वरु, आर्थिक संकट परेको भन्दै सीएमसी आयोजनाको ठेक्का तोड्न पुग्यो ।
सीएमसीले ठेक्का तोडेपनि राष्ट्रिय गौरवका आयोजना मेलम्ची थप अन्योलमा परेको छ ।