सिटी एक्सप्रेस मनि ट्रान्सफरको आयोजनामा मलेसियामा सम्पन्न ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ सुरुवाती दिनमा नितान्त मनोरञ्जनात्मक कार्यक्रमको रुपमा परिकल्पना गरिएको जनाएको छ ।
काठमाडौ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि मलेसियामा ३५ लाख ७१ हजार रकम सहयोग जुटेको छ । भरतपुरको चितवनमा निर्माण हुन लागेको रङ्गशालाको लागि सहयोग जुटाउने उद्धेश्यका साथ हास्यकलाकारद्धय सिताराम कट्टेल(धुर्मस) र कुन्जना घिमिरे(सुन्तली) सिटि एक्सप्रेस साझ लिएर मलेसियाको विभिन्न सहरमा कार्यक्रम गर्न पुगेका थिए ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरको आयोजनामा मलेसियामा सम्पन्न ‘सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ सुरुवाती दिनमा नितान्त मनोरञ्जनात्मक कार्यक्रमको रुपमा परिकल्पना गरिएको जनाएको छ । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ घोषणा गरे पश्चात रङ्गशाला निर्माणकै सहयोगार्थ कार्यक्रम प्रस्तुत गर्ने निर्णय भएबमोजिम मलेसियाका तिन वटा शहरहरु क्वालालम्पुर, जोहोर बाह्रु र पेनाङमा कार्यक्रम सम्पन्न गरिएको फाउण्डेशनले जनाएको छ ।
कार्यक्रम स्थलबाट नेपाली २० लाख ७१ हजार रङ्गशाला अभियानलाई सहयोग प्राप्त भएको छ भने आयोजक सिटी एक्सप्रेसको तर्फबाट रु १५ लाख थप गरी जम्मा ३५ लाख ७१ हजार ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणलाई सहयोग प्राप्त भएको उल्लेख गरिएको छ ।
फाउण्डेशनले मलेसियामा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुले देखाएको उत्साह र सकारात्मक सहयोगले निकै धेरै हर्षित भएको जनाएको छ । साथै त्यहाँ रहेका व्यवसायी, समाजसेवी एवम कम्पनीमा कार्यरत नेपाली दाजुभाई दिदीबहिनीहरुले पुनः यस अभियानलाई सहयोग गर्न मलेसियाको फेरी भ्रमणका लागि दिएको निम्तोले झनै बढी हर्षित भएको विज्ञप्तीमा उल्लेख छ ।